पोखरा । लायन्स क्लव अफ पोखरा स्मार्ट टाउन र लायन्स क्लब अफ पोखरा आदर्श सेन्चुरीले पोखरा १८ स्थित पोखरा चिसाखोला बेद बृद्वा आश्रमलाई सहयोग गरेका छन् । शुक्रबार एक कार्यक्रमबीच आश्रमलाई आवश्यक पर्ने इन्डक्सन चुलो, प्रेसर कुकर लगायतका सामग्री सहयोग गरिएको स्मार्ट टाउनका अध्यक्ष लक्ष्मी शर्माले जानकारी दिइन् ।

आश्रममा अध्यनरत बटुकहरुको लागि आवश्यक स्टेसनरीसमेत वितरण गरिएको आदर्श सेन्चुरीका अध्यक्ष शोभा बानियाँले जानकारी दिइन् । कार्यक्रममा प्रमुख अतिथि लायन्स डिष्ट्रिक्टका कोचिफ एडभाइजर सुचित्रा थापा, क्लस्टर प्रमुख सूर्यनारायण बराल, रिजन चियरपर्सन गणेशप्रसाद ढुंगाना लगायतले बोलेका थिए ।







Comments are closed.