जीपको ठक्करले प्रहरी हवल्दारसहित दुई प्रहरीको मृत्यू

 

जीपको ठक्करबाट पोखरामा प्रहरी हवल्दारसहित २ जना प्रहरीको मृत्यू भएको छ । पोखरा महानगरपालिका वडा नम्बर ५ मालेपाटनस्थित विश्वास पेट्रोलपम्प नजिकै गएराती १ बजेर ५ मिनेट जाँदा ग.२च. २६२६ नम्बरको बोलेरो जीपले ठक्कर दिदा घाईते भएका प्रहरी हवल्दार डम्बरबहादुर थारु र प्रहरी जवान चन्द्रबहादुर बगालेको मृत्यू भएको हो ।

वडा प्रहरी कार्यालय बैदाममा कार्यरत रहेर क्वीक रेस्पोन्स टिम (क्यूआरटी) अन्तर्गत ड्यूटीमा खटिएका थारु र बगालेलाई अनियन्त्रित रुपमा पछाडिबाट आइरहेको बोलेरो जीपले ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते दुबैलाई तत्कालै प्रहरीले उद्धार गरि उपचारका लागि पोखराको गण्डकी मेडिकल कलेज पु¥याएको थियो । तर राती १ बजेर ५० मिनेटमा प्रहरी जवान बगालेको मृत्यू भयो भने उपचाररत प्रहरी हबल्दार थारुको बुधबार दिउँसो १ बजेर १० मिनेटमा मृत्यू भएको कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक (डिएसपी) सुवास हमालले जानकारी दिए ।

ठक्कर दिने बोलेरो जीप र त्यसका चालक पोखरा ५ मालेपाटनका ३४ वर्षिय विशाल केसीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको डिएसपी हमालले बताए ।

You might also like

Comments are closed.