पोखरा । पोखरा महानगरपालिकामा निशेधाज्ञा थपिएको छ । पहिलो चरणमा लगाइएको निशेधाज्ञा सकिने दिन आइतबारबाट लागु हुने गरी भदौ १२ गते राति १२ बजेसम्मका लागि निशेधाज्ञा थप गरिएको पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले आर्थिक आवाजलाई जानकारी दिए ।
समुदायमा कोरोना संक्रमण बढेकाले निशेधाज्ञा थप गर्न महानगरले जिल्ला प्रशासनलाई सिफारिस गरेको थियो । जिल्ला प्रशासन कार्यालयले विज्ञप्ति जारी गरी थपिएको समयमा निशेधाज्ञाको पूर्ण पालना गर्न सर्वसाधरणलाई आह्वानसमेत गरेको छ ।
Comments are closed.