एक पोका दूध ल्याइ दिनु न भाइ…

मीलन ढकाल
पोखरा

कुरा आज विहान ८ बजेको हो म घरबाट आमाको औषधी लिनको लागि नजिकको मेडिकल पुगेर घर फर्कने क्रममा थिए एक जना छिमेकीको आज भन्दा ३ दिन अगाडी कोरोना पोजेटिभ देखिएर निज नेपाल सरकारले व्यवस्था गरेको आईसोलेसनमा रहनु भएको र निजको परिवारहरु होम क्वारेन्टाईनमा रहनु भएको कुरा जानकारी पाएको हुँदा सोही छिमेकीको घरको बाटो फर्कदै गर्दा वहाँको घरनेर वाँसले बाटो छेकेर राखिएको देखे । हुन त २ दिन अगाडी कार्यालयबाट फर्कने क्रममा त्यही नजिकै बाटोमा डोरि लगाएर बाटो छेकिएको रहेछ त्यसलाई मैले हटाएर म अगाडी बढेको थिए तर आज भने जो परिवार कोभिड–१९ बाट प्रभावित हुनुहुन्छ वहाँको घर नजिकै बार वारिएको रहेछ ।

मलाई निज छिमेकी संग केही जिज्ञासा राख्ने रहर जाग्यो र त्यो बाँसको वार सहित डोरीहरु हटाएर किन यस्तो वार राखिएको ? के का लागि राखिएको? कस्ले राखेको हो ? भनेर केही कुरा गर्न खोजको के थिए वहाँले भन्न थाल्नुभयो भाई, हामीलाई कोरोना लाग्यो रे अरुलाई पनि सर्नसक्छ भनेर वरीपरिका केही व्यक्तिले बार्नु भएको हामी पनि सतर्क छौ अरुलाई सर्छ कि भन्ने कुरामा, जो व्यक्तीमा कोरोना पोजेटिभ देखिएर आइसोलेसनमा बस्न जानु भयो वहाँसंगै काम गर्ने साथीलाई पोजेटिभ देखिएर ५ दिन सम्म होम क्वारेन्टाईनमा एउटा कोठामा वहाँ मात्र बसी पिसिआर पोजेटिभ देखिए पछि जानु भएको हो र त्यस पछि हामी घर परिवारका सदस्यहरु पनि होम क्वारेन्टाईनमा नै छौ । यस्तो व्यवहारले गर्दा हामीलाई अत्याधिक दुखित बनाएको छ यो समाज छोडेर अन्यत्रै जाउँ जस्तो भाको छ लगायतका धेरै कुराहरु राख्नु भयो

jutta mela

त्यसपछि मैले दिदि हजुरहरुलाई केही समस्या छ कि ? भनेर सोधेको सानो वच्चाको लागि एक पोका दुध ल्याईदिनु न भाई भन्नु भयो । मलाई झन् झन् यो वच्चाको कुराले पोल्न पो थाल्यो त्यो अवोध दुधे वालकको लागि दुधको व्यवस्था गर्नुपर्ने छिमेकी आज सार्वजनिक बाटोमा बार राख्दै हिड्ने कस्तो संस्कारमा हुर्केका छौ । हाम्रो समाज कता जादै छ ? हामी किन यस्तो गरि रहेको छौ ? जानेर गरेका छौ कि नजानी गरेका छौ ? यो बहसको पाटो होला तर आज हामीले एक असल छिमेकीको आभास गराउन सकेनौ, यो समयमा हामीले वहाँहरुको केही समस्या भए समाधान पो गर्ने हो यो विपतको वेला किन यति पनि सोच्न सकि रहेका छैनौ ? के यो विपत्ती ति बार लगाउने व्यक्तीहरुकोमा आउदैन भन्ने ग्यारेन्टी छ ? कसैलाई यो महामारीले छुन नसकोस मेरो कामना छ । त्यस पछि वहाँलाई मेरो सम्पर्क नम्बर टिपाएर हजुरहरु यसरी एकान्त वासमा बस्ने वेला सम्म केही चाहिएमा मलाई सम्पर्क गर्नुहोला भनि एक पोका दुध वहाँको घरमा ल्याईदिए । हामी सवैको कामना छ पोजेटिभ देखिएका छिमेकीलाई चाडै निको होस र होम क्वारेन्टाईनमा बस्नु भएका छिमेकी परिवारको पिसिआर टेष्ट गर्दा नेगेटिभ देखियोस सतत कामना गर्दछु ।

You might also like

Comments are closed.