अर्थ तथा विकास समितिको वैठक सम्पन्न, आगामी बुधबार क्रसर उद्योगबारे छलफल गरिने

पोखरा ।
गण्डकी प्रदेशको अर्थ तथा विकास समितिको बैठक शुक्रबार सम्पन्न भएको छ ।समितिका सभापति दीपक कोइरालाको सभापतित्वमा भएको भर्चुृअल वैठकले आगामी बुधबार गण्डकी प्रदेश भित्रका क्रसर उद्योग सञ्चालन सम्बन्धी ११ वटै जिल्लाका जिल्ला समन्वय समितिका प्रमुखहरु संग भर्चुअल बैठक गर्ने निर्णय गरेको छ । कोरोना महामारीका कारण भर्चुअल बैठक गरिएको हो ।

प्रदेश भरिनै क्रसर उद्योगहरु मापदण्ड विपरित सञ्चालन भएको दर्ता नविरकण नभएको जस्ता समस्या देखिएकोले क्रसर उद्योग सञ्चालन र ब्यवस्थापन बारे बुधबार समितिले छलफल गरिने सभापति कोइरालाले बताए ।

शुक्रबार भएको बैठकमा सहभागि समितिका सदस्य इन्द्रलाल सापकोटा बाग्लुङ, भागबत प्रकाश मल्ल स्याङ्जा, हरिशरण आचार्य गोरखा,जनकलाल श्रेष्ठ नवलपुर, डोबाटे विश्वकर्मा र सरिता गुरुङ तनहुँ उपस्थित थिए ।समितिका सदस्यहरुले आ आफ्नो जिल्लामा क्रसर उद्योग र त्यहाँको अबस्था बारे जानकारी गराएका थिए । समितिको आजको बैठकले बाग्लुङमा बाढी पहिरोमा परेर मृत्यु भएकाहरु प्रति श्रद्धाञ्जली ,परिवार जनमा समंवेदना , घाइतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना गर्दै वेपत्ताहरुको खोजीकार्य तिव्रपार्न आग्रह गरेको छ । वैठकले गण्डकी प्रदेश सभा अन्तरग विद्यायन समितिका सभापति मोहोन रेग्मी कोरोना संक्रमित भएकोले उनको सिंघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ ।

You might also like

Comments are closed.