बुबाको स्मृतिमा विद्यालयमा अक्षयकोष

लेखनाथ । पोखरा महानगरपालिका वडा नं २६ नरेशपुर निबासी विष्णुप्रसाद बरालको परिवारले आफ्नम बुबा स्व.तारानाथ बरालको स्मृतिमा विद्यालयमा अक्षयकोष स्थापना गरेका छन् ।

बरालले स्व. बुबा र आमाको नाममा तारा भगवती अक्षयकोषको नाममा १ लाख १३ हजार १ सय ११ रुपैयाँकोे अक्षयकोष पोखरामहानगरपालिका वाड नं २६ को श्री अमरज्योति गाउँफर्कमा स्थापना गरेका हुन् ।

गरिब तथा जेहेन्दार विद्यार्थीको शैक्षिक विकासमा सहयोग पुग्ने गरि बरालको परिवारले उक्त रकम बुवाको सोह्र श्राद्धको तिथीको अवसर पारेर मंगलबार विद्यालय व्यबस्थापन समितिका अध्यक्ष बामदेब ढुंगाााना र प्रधानाध्यपक दामोदर सापकोटालाई हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा बरालले रकम सानो भए पनि बुबाको सम्झनामा विद्यालयका विद्यार्थीहरूको शैक्षिक विकासमा सहयोग पुगोस भन्ने हेतुले सहयोग गरेको बताएका थिए ।

You might also like

Comments are closed.