पोखरा । हिमालयन कलेज अफ हस्पिटालिटी म्यानेजमेन्टका ज्ञानबहादुर रानाको अध्यक्षतामा पोखरामा होटल तालिम प्रदायक संघ नेपाल दर्ता भएको छ । संघको उपाध्यक्षमा इन्टरनेशनल होटल तालिम केन्द्रका शेरसिं गुरुङ, सचिव इन्टरनेशनल कलेज अफ् अप्लाईड साइन्सका सम्मर बहादुर थापा मगर, कोषाध्यक्ष एभरेष्ट इन्स्टिच्युट अफ् होटल म्यानेजमेण्टका महेश श्रेष्ठ रहेका छन् । त्यसैगरी सदस्यहरुमा लेखनाथ होटल तालिम केन्द्रका दीपेन्द्र अधिकारी, स्कुल अफ् बार टेन्डर्सका राजेन्द्र गुरुङ, सुशी होटल तथा भाषा तालिम केन्द्रका दीनेश कुँवर रहेका छन् ।
संस्थाको सल्लाहकारमा पश्चिमाञ्चल होटल संघ,पोखराका अध्यक्ष विकल तुलाचन, कान्तिपुर टुरिजम एण्ड होटल म्यानेजमेण्ट कलेज बिजय पौडेल, स्टाण्डर्ड होटल एण्ड ल्यांग्वेज तालिम इन्स्टिच्युटका अरुण मानन्धर रहेका छन् ।
विगत लामो समय देखी पोखरामा होटल सम्बन्धि विभिन्न विषयहरुका तालिम प्रदान गर्दै आएका तालिम प्रदायक संस्थाहरुले साझाँ संगठनको रुपमा यसलाई दर्ता गरेका हुन् । पोखरामा छरिएर रहेका होटल तालिम प्रदायक संस्थाहरु विच अस्वस्थ्य प्रतिष्पर्धाको मारमा परेको महशुस गरी सम्बद्ध संस्थाहरु मिलि पाठ्यक्रम, सीप परीक्षण, इन्र्टनशिप लगायतमा सहज तथा एकरुपता ल्याउन संस्था दर्ता गरिएको अध्यक्ष ज्ञानबहादुर रानाले जानकारी दिए ।
वर्तमान विश्व बजारमा उपयूक्र्त हुने गरी तालिमको स्तर उठाउने, स्थानीय निकाय संग रोजगार तथा स्वरोजगारमुलक तालिमको लागि सहयोगी भुमिका खेल्ने र तालिम प्राप्त प्रशिक्षार्थीहरुलाई स्वदेश तथा विदेशमा रोजगारी तथा स्वरोजगारको लागि सहायक भूमिका खेल्ने संस्थाको उद्धेश्य रहेको छ ।
सिटिइभिटीको पाठ्यक्रमलाई आधार मानि हाल अन्तराष्ट्रिय बजारमा प्रतिष्पर्धा गर्नसक्ने पाठ्यक्रम तयार गर्नको लागि विजय पौडेलको संयोजकत्वमा पाठ्क्रम तयारी उपसमिति गठन गरिएको छ । समितिले सदस्य संस्थाहरुमा लागु हुने गरी एक मुल्यसूचि तयार गरिसकेको र संस्थाले सिफारिस गरेको पाठ्यक्रम लागु गराउनको लागि शेरसिं गुरुङको संयोजकत्वमा अनुगमन विभाग उपसमिति गठन गरिएको छ ।
Comments are closed.