पोखरा । नेपाल खानेपानी संस्थान पोखरामा कार्यरत एक कर्मचारी घुस लिएको आरोपमा पक्राउ रंगेहात परेका छन् । नेपाल खानेपानी संस्थान पोखरा कार्यालय विन्ध्यबासिनीमा प्रशासन सहायक पदमा कार्यरत कृष्णहरी वाग्ले घुस लिएको आरोपमा विहीबार पक्राउ परेका हुन् ।
घरमा जडान गरिएको खानेपानीको बिग्रिएको मिटर परिवर्तन गर्न २५ हजार घुस लिदै गर्दा विहीबार पूर्वाह्न ११ बजे रंगेहात पक्राउ गरिएको अख्तियार दूरुपयोग आयोग पोखराका सूचना अधिकारी मेघनाथ रिजालले जानकारी दिए । सेवाग्राहीबाट नगद लिदै गरेको अवस्थामा पोखरा–१ बगरस्थित एक मोमो रेष्टुरेण्टबाट पक्राउ गरिएको उनले बताए ।
पक्राउ गरिएका वाग्लेलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको उनले जानकारी दिए ।
Comments are closed.