गण्डकी प्रदेशमा कोरोना संक्रमित निको हुने दर ६१.८४ प्रतिशत

पोखरा ।
गण्डकी प्रदेशमा हाल सम्म ५८ हजार ३ सय ४१ पिसिआर परिक्षण भएका छन् । प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ३ हजार ६४ पुगेको छ । यस मध्य सक्रिय केस १ हजार १ सय ४० रहेको छ भने २९ जनाको मृत्यु भएको छ ।

गण्डकी प्रदेशमा हाल सम्म १ हजार ८ सय ९५ जना संक्रमित निको भएका छन् । निको हुनेको दर ६१.८४ प्रतिशत रहेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ । सक्रिय केस ३७.२० प्रतिशत छ भने मृत्युदर ०.९४ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा ९३ जना कोरोना संक्रमित थपिएका छन् भने १७ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा २ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशमा जनाएको छ ।

You might also like

Comments are closed.