पोखरा । बैंकिङ कसुर मुद्धामा फरार रहेका केशबहादुर गुरुङलाई कास्की प्रहरीले पक्राउ गरेको छ । कास्कीको रुपा गाउँपालिका वडा नं. ५ देउराली बस्ने वर्ष ५८ गुरुङलाई जिल्ला प्रहरी कार्यालय कास्की मातहत वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
उच्च अदालत पाटनको गत चैत १० गतेको फैसलाले गुरुङलाई ५० लाख रुपैयाँ जरिवाना र ६ दिन कैद सजाय तोकेको थियो । प्रतिवादी गुरुङलाई पक्राउ गरी जिल्ला अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ ।
Comments are closed.