जलवायु परिवर्तन एवं फोहोरमैला व्यवस्थापन सम्बन्धि सचेतनामुलक कार्यक्रम जनप्रिय मा.वि.मा

पोखरा, २ जेठ ।

रेडियो जननी ९०.६ को आयोजना साथै पोखरा लेखनाथ महानगरपालिकाको सहयोगमा जलवायु परिवर्तन, सरसफाई र फोहोरमैला व्यवस्थापन सम्बन्धि सचेतना मुलक कार्यक्रम गरेको छ ।

पहिलो आवाज उद्यमशिलता, दोस्रो आवाज स्वतन्त्रता र तेस्रो आवाज समानताका लागि भन्ने मुलमन्त्रलाई आत्मसाथ गर्दै रेडियो जननीले समाजमा रहेका हरेक वर्गमा वातावरणीय पक्षलाई एउटा प्रमुख एजेन्डा बनाएर अघि बढीरहेको अवस्थामा श्री जनप्रिय मा.वि.मा जलवायु परिवर्तन, फोहारमैला व्यवस्थापन सम्बन्धि सचेतना कार्यक्रम गरेको हो ।

कार्यक्रममा बोल्दै जनप्रिय मा.वि.का प्राचार्य एवं प्रमुख अतिथि वावुराम पौडेलले विद्यालयमा सिकाईने बिषयसँग मिल्दोजुल्दोे हुने कार्यक्रमले विद्यार्थीहरुको ज्ञानमा ईट्टा थप्ने काम गरेको बताए । त्यस्तै उनले “पृथ्वी रहे हामी रहन्छौँ ”भन्ने बिषयलाई आत्मसाथ गर्दै सिकेका बिषयबस्तुहरुलाई व्यवहारमा लागु गर्न पनि विद्यार्थीहरुलाई आग्रह गरे ।

उक्त कार्यक्रम बोल्दै कार्यक्रमका अध्यक्ष एवं रेडियो जननी ९०.६ का अध्यक्ष मिलन थापाले विद्यालय, घर, समाज, समुदाय र हरेक क्षेत्रमा रहेका प्राकृतिक संरचनाको जर्गेना गर्न, सचेतना फैलाउनका निमित्त रेडियो जननीले यस्ता सचेतनामुलक कार्यक्रमलाई निरन्तरता दिदै आएको बताईन् । सुन्दरता कायम गर्नु सबैको दायित्व एवं कर्तव्य रहेको हुदाँ जानेबुझेका कुराहरु व्यवहारमा लागु गर्न उनको आग्रह थियोे ।

सोहि कार्यक्रममा हेरालो प्रतिष्ठान कास्कीका निवर्तमान अध्यक्ष एवं प्रशिक्षक रोश बहादुर गुरुङ्गले पोखराको पुरानो अवस्था र हालको अवस्थामा आएका भिन्नताको बारेमा जानकारी गराएका थिए । बिश्वव्यापी रुपमा जलबायु परिवर्तन, अब्यवस्थित सहरीकरण, फोहारमैला जस्ता विकृतिले गर्दा पृथ्वीमा अनेक परिर्वतन आएको गुरुङले बताए । वातावरण संरक्षण गर्न सबै क्षेत्रबाट सहभागिता रहनुपर्नेमा उनकोे जोड थियो ।

त्यस्तै रेडियो जननीका स्टेशन म्यानेजर एवं नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष विमला भण्डारीले मानिसको दैनिकिका कारण पछिल्लो समय वातावरणमा नकारात्मक परिर्वतन आएको र यसले पृथ्वी माथी अन्याय हुन थालेको बताईन् । पोखरा महानगरलाई स्वच्छ, सुन्दर र सफा बनाउन पहिला मानिस स्वयमले आफ्नो आचरणमा परिर्वतन ल्याउन जरुरी रहेको उनको भनाई थियो ।

विद्यार्थीको तर्फबाट आफ्ना भनाई राख्दै जनप्रिय मा.वि कक्षा आठमा अध्ययनरत छात्रा कञ्चन मगरले विद्यालयमा आयोजना गरिने यस्ता कार्यक्रमले किताबी ज्ञान मात्र नभएर बाहिरी कुराहरुको बारेमा पनि अझ बढी सिक्ने मौका पाएको बताईन् । यसका साथै कार्यक्रममा उपस्थित विद्यार्थीहरुले सिकेका बिषयबस्तुहरुलाई व्यवहारमा लागु गर्ने प्रतिबद्धता जनाएका थिए ।

कार्यक्रममा जनप्रिय मा.वि.मा कक्षा ८ मा अध्ययनरत ६० जना विद्यार्थीहरुलाई फरक(फरक सेसन विभाजन गरेर हेरालो प्रष्ठिान कास्कीका निवर्तमान अध्यक्ष रोश गुरुङ्गले पोखराको बिगत र वर्तमान अवस्था, फोहोरमैला व्यवस्थापन सम्बन्धि प्रशिक्षण गराएका थिए भने पोखरा लेखनाथ महानगरपालिकाका वातावरण शाखा अधिकृत निर्मलमान सिंह भण्डारीले जलवायु परिवर्तनसँग सम्बन्धित रहेर विद्यार्थीहरुलाई प्रशिक्षण गराएका थिए भने कार्यक्रममा रेडियोका संस्थापक देवकुमारी हिराचनले स्वागत मन्तब्य राखेकि थिईन् ।

lcci
You might also like

Comments are closed.