पोखरा ।
कोरोना महामारीले पर्यटन व्यवसायमा पनि प्रत्यक्ष असर पर्यो । कोरोना महामारीलाई कम गर्न सरकारले गरेको लकडाउन र निशेधाज्ञालाई केही खुकुलो बनाउदा अन्य व्यवसाय विस्तारै सुचारु भएपनि पर्यटन क्षेत्र बन्द नै थियो ।
विभिन्न देशहरुले पर्यटन बजारलाई चलायमान बनाउन अपनाएको मोडललाई सकारात्मक रुपमा लिदै नेपाल सरकारले तोकेका स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी पोखराका पर्यटन व्यवसाय पनि संचानलन गरिएको पोखरा पर्यटन परिषदका अध्यक्ष चिरन्जीवि पोखरेलले जानकारी दिए ।
जिल्ला प्रशासन कार्यालय कास्कीले असोज १ गते जारी गरेको सूचना र नेपाल सरकारद्वारा सार्वजनिक सवारीहरु, पर्यटकीय सवारीहरु र आन्तरीक उडानलाई सुचारु गर्न दिइएको अनुमतिलाई पर्यटन व्यवसायीले स्वागत गरेको पोखरा पर्यटन परिषदले विज्ञप्ती मार्फत जनाएको छ ।
पोखरामा सम्पूर्ण होटल, रेष्टुरेन्ट, ट्रेकिङ, ट्राभल लगायत विभिन्न पर्यटकीय गतिविधिहरु असोज २ गते देखि संचालन गर्न थालेको पोखरा पर्यटन परिषदले जनाएको छ ।
Comments are closed.