के हो रेबिज रोग, कसरी लाग्छ ?

सुरेश कुमार श्रेष्ठ
प्राविधिक अधिकृत
पशुपन्छी तथा मत्स्य बिकास निर्देशनालय, गण्डकी प्रदेश, पोखरा
परिचय
रेबिज मानिस तथा जनावरहरुमा लाग्न सक्ने एक प्राण घातक जुनोटिक रोग हो । मानिस तथा कुकुरमा लाग्न सक्ने लक्षणहरु बारे इसापूर्व ३००० वर्ष पहिले नै यहुदी ग्रन्थमा लेखेको पाइन्छ । यो रोगको विषाणुले मुख्यतया केन्द्रिय स्नायु प्रणालीमा असर पारी उत्तेजना तथा पक्षघातका लक्षणहरु सिर्जना गर्ने गर्दछ । यो रोग मानिसमा पनि लाग्ने हुनाले जन स्वास्थ्यको दृष्टिकोणबाट पनि अति महत्वपूर्ण छ । खास गरेर पशु स्वास्थ्य कर्मिहरुको लागि रेविज बढी खतरापूर्ण र जोखिम छ । नेपालमा मुख्यतया रेविज बहुला कुकुरको टोकाईबाट मानिसमा सर्ने गरेको छ र केहिलाई विरालो, न्याउरीमुसा र स्यालको टोकाईबाट भएको पाईएको छ ।
रोगको कारण
यो रोग Lissa  Virus     वाट लाग्छ ।

सर्ने तरिका:
यो रोगको सम्वाहक बहुला जनावर नै मानिन्छ । यस्ता जनावरको र्यालमा भएको विषाणु र उक्त जनावरको टोकाई वा अन्य माध्यम हुदै शरिरका विभिन्न स्नायु प्रणाली हुदै मस्तीस्कमा पुग्दछ ।
यो रोग २ प्रकारले सर्दछ ।
१) टोकाईबाट
२) विना टोकाईबाट

रेविज रोग लाग्न सक्ने सम्भावित कारणहरु
१) वहुला कुकुर वा विरालोले टोकेमा ।
२) जंगली जनावर जस्तै स्याल,व्वांसो, न्याउरीमुसा फ्याउरोले अकस्मात टोकेमा ।
३) वहुलाएको जनावरको र्याल चोटपटक लागेको भाग वा आलो घाउमा पर्न गएमा ।
४) रेविज लागेको गाई भैसींलाई जवरजस्ती मुख खोलेर जांच्दा वा औषधि खुवाउदा चोटपटक लागेको भागमा र्याल लटपटिन पुगेमा ।
५) रेविज रोग लागि विरामी वा असक्त भई लडेको चमेरो छुने चलाउने गर्दा टोक्न पुगेमा वा चोटपटक लागेको भागमा र्याल पर्न गएमा ।
६) रेविज लागेको जनावरको मासु काटकुट गर्दा लाग्ने चोटपटकमा र्याल, गिदि लसपस हुन पुगेमा
७) रेविज रोग लागेर मरेको मानिसको नेत्रदान गरिएमा ।

लक्षणहरु:
कुकुरमा रेविजको लक्षणहरु २ अवस्थामा देखा पर्दछ ।
१ उत्तेजित अवस्था
२ लाटो अबस्था

१ उत्तेजित अवस्था
सामान्य वानी व्यहोरा र सिल स्वाभावमा परिवर्तन
मालीकले बोलाएको नसुन्ने,भनेको नमान्ने, चन्चल हुने, अध्यारो रुचाउने ।
मालीक र अन्य कुकुर संग मिलेर वस्न नचाहने ।
आक्रमक स्वभावको विना कारण जे पायो त्यसैलाई झम्टने , मालीकलाई समेत टोक्ने
टाँगमुनी पुच्छर हालेर दौडने ।
बाटोमा अगाडी पर्ने कुनै पनि वस्तु, पशु वा मान्छेलाई टोक्ने र लगातार दौडिरहने, भुकी रहने
लामो दुरी तय गर्ने घर फर्कने वा नफर्कन पनि सक्दछ ।
पछि गएर माँसपेशीको पक्षघात हुने ।
प्रसस्त र्याल काड्ने, भुक्न नसक्ने, ।
टाउको निहुर्याउने, जिव्रो बाहिर निकाल्ने
पछाडीको खुट्टा कमजोर भई हिड्न नसक्ने ।
रोगको लक्षण ४—७ दिन सम्म रहन्छ । लक्षण देखाएको १० दिन सम्म बाच्दछ ।

२ लाटो अवस्था
कुकुर सुस्त हुन्छ ।
रयाल निकाली रहने
सान्तसंग बसेको ४।५ दिनमा कुकुर मर्दछ

गाई भैसीमा देखिने लक्षणहरु
जनावरको हेराई एकोहोरो हुृन्छ ।
अकस्मात जनावर तर्सने ।
आक्रमक हुने मानिस वा कुनै पशु वस्तुलाई हान्ने
अजिव स्वर गरेर कराउने ।
दात किटकिटाउने , घाँस पानी ननिल्ने, निल्न नसक्ने ।
आँखा राता राता पारी हेर्ने ।
साँढे , राँगो खोजे जस्तो गरी पिसाव तुर तुर गर्ने ।
विस्तारै पछाडीको भागको पक्षघात हुने लगातार र्याल काडी रहने गुद्धारको पक्षघात हुने
पक्षघात भएको ३—४ दिनमा पशु मर्ने ।
रोगको पहिचान
१) लक्षणको आधारमा
२) प्रयोगशालामा मस्तीस्कको परिक्षण गरी रोग एकिन गर्न सकिन्छ ।

रेवीज विरुद्ध खोप लिनु पर्ने अवस्था
१) लक्षणको आधारमा वहुला हो भन्ने एकिन भएको कुकुरले टोकेमा ।
२) टोक्ने कुकुर मारीएमा ।
३) टोक्ने कुकुरको पहिचान गर्न नसकिएमा ।
४) टोक्ने कुकुर हराएमा वा वेपत्ता भएमा ।
५) शंकास्पद कुकुर रेवीज रोगको लक्षण देखाई १० दिन भित्र मरेमा वा प्रयोगशालामा शंकास्पद मारिएको कुकुरको गिदि परीक्षण गर्दा रेबिज लागेको प्रमाणित भएमा ।
६) बहुला जनावरको र्याल आलो घाउ, चोटपटक लागेको भागमा परेमा ।
७) कुनै पनि जंगलि जनावरले अकस्मात आक्रमण गरी टोकेमा ।
८) र्याल काढि रहेको गाईभैसीलाई औषधि खुवाउने क्रममा मुख भित्र हात हालेमा र पछि र्याल लसपस भएमा ।
९) केटाकेटीहरुलाई कुकुरले टोकेको तर टोक्ने कुकुरको पहिचान वयस्क व्यक्तिवाट हुन नसकेमा ।
१०) शंकास्पद परिस्थितिमा चिकित्सकको सल्लाह वमोजिम गर्ने ।

रेविज रोगको प्राथमिक उपचार
कुनै पनि वहुला वा शंकास्पद कुकुर वा जनावरले टोकेको खण्डमा तुरुन्तै सम्वभ भएमा सावुन पानीले नत्रभने सफा पानीले टोकेको भागमा ५ मिनेटसम्म राम्ररी सफा गरी ३ाउमा लगाउने औषधि (डिटोल, आयोडिनको झोल) लगाउनु पर्दछ । यसरि रेवीजरोगको केहिहद सम्म प्राथमिक उपचार गर्न सकिन्छ ।

उपचार : रेबिज रोग ख्क्ष्च्ग्क् बाट हने भएकोले यो रोगको खासै उपचार हुँदैन ।

रोकथाम :
बहुला जनावरले टोक्नासाथ घाउलाई तुरुन्त सावुन पानीले राम्रो संग धुने र पोटास पानी जस्तो औषधिले घाउ सफा गर्ने ।
टोक्ने जनावरलाई तुरुन्त बाध्ने , थुनी प्रत्यक्ष नियन्त्रणमा राखी १० दिन सम्म चाल चलन हेर्ने
निगरानी राखेको जनावर वा कुकुरले लक्षण देखाएमा तुरुन्त खोप लगाउने । १० दिन सम्म कुनै चालचलनमा परिवर्तन नभए भ्याक्सिन नलगाउने ।
नोबिभ्याक नेजारया


रेविज रोगको तितो सत्य : HARD FACTS _

१) कुकुरमा रेविज रोग नलाग्ने तर रेविज विषा०ाु वोकेर हिड्ने वा स्वस्थ देखिएका कुकुरले अरुलाई टोकेर सार्ने-Carrier stage_ अवस्था रहदैन ।
२) वहुला जनावरले जुनसुकै भागमा टोके पनि रेविज विषाणु टोकेको भागवाट केवल स्नायु भएर मात्र मस्तिष्कसम्म पुग्५ । रेविज विषाणु स्नायु मार्फत प्रति घण्टा ३ मिलिलिटरको दरको मस्तिष्क तर्फ बढ्छ ।
३) रेविज लागेको जनावरको रगतमा रेविज विषाणु -Vimeria_ रहदैन ।
४) रेविज विषाणु छट डिग्रि सेल्सीयस तापक्रममा निष्क्रिय हुन्छ ।
५) आज सम्म रोगलागेको जनावरको दूध पिएर मानिसलाई रेविजरोग लागेको घटना रेर्कड गरिएको वा प्रमाणित भएको छैन ।
६) मानिसकोहकमा रेविज विषाणुले गर्भवति अवस्थामा सालनाल भएर गर्भाशयमा प्रवेस गर्न सक्तैन । रेविज लागेको महिलाको पाठेघरवाट स्वस्थ शिशु निकालिएको र वाचेको तथ्य छ ।
७) प्राकृतिक अवस्थामा रेविजरोग लागेर रोग प्रतिरोध गर्ने क्षमता विकसित हुदैन ।
८) रेविज रोग लाग्न कम्तिमा ३ दिन र वढिमा ८ वर्ष लागेको रेर्कड छ ।
९) साधारणः रेविजरोग लागेको कुकुर वा जनावर ६ दिन भित्र मरिहाल्दछ । तर रेविजरोगको स्पष्६ लक्षण देखिनु भन्दा ४ दिन अगाडिको र्यालमा रेविज भाईरस पाईन सक्ने भएकोले विश्व स्वास्थ्य संघ (ध्यचमि ज्भबतिज इचनबलष्शबतष्यल) ले वढिमा १० दिन टोक्ने कुकुर हेर्न सिफारिस गरेको छ ।
१०) नेपालमा वर्षेनि १०० जना रेविज रोग लागेर मर्ने गरेको अनुमान छ भने विभिन्न समयमा गरेको सर्वेक्षण अनुसार २५००० भन्दा वढि व्यक्तिले रेविजरोगवाट वच्न खोप लिने गरेको तथ्याङ्क छ ।
११) एसियामा मात्र प्रत्येक १५ मिनेटमा एक मानिस रेविज लागेर मर्ने गर्दछन, रेविज रोगिहरु मध्ये कम्तीमा ४० प्रतिशत १५ वर्ष मुनिका हुने गर्दछन् । साथै प्रति घण्टा ८ सय मानिसले वहुला जनावरको टोकाई वा सम्पर्कका कारण रेविज विरुद्ध खोप लगाउने गर्दछन् ।

lcci
You might also like

Comments are closed.