पोखरा ।
भेटेरीनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र कास्कीले पुराना कामलाई प्राथमिकता दिदैं नयाँ योजना तथा कार्यक्रम सहित आ.व. २०७७÷२०७८ को स्वीकृत कार्यक्रम शुक्रबार सार्वजनिक गरेको छ ।
केन्द्रले २०७७÷०७८ मा ९ करोड ३२ लाख ५१ हजारको वजेट सार्वजनिक गरेको छ । वजेटमा पुंजिगत खर्च कार्यक्रममा २ करोड २७ लाख ६० हजार र चालु तर्फ ७ करोड ४ लाख ९१ हजार खर्च गर्ने कार्यलय प्रमुख डा. शोभा शर्माले जानकारी दिईन् ।
आगामी वर्ष धेरै कार्यक्रम पहिलो पटक गर्न लागिएको पनि सो अवसरमा डा. शर्माले बताईन् जस अन्र्तगत भैसी विकास, दुधमा उत्पादनमा आधारित प्रोत्साहन सहयोग, पशुपंक्षी विमा तथा सुरक्षण प्रिमियममा २५ प्रतिशत अनुदान, साना व्यवसायीक फार्म स्थापना तथा विस्तारमा खर्च गरिने योजना रहेको छ ।
त्यसैगरी सामुदायिक तथा छाडा कुकुरलाई बन्ध्याकरण तथा खोप कार्यक्रम, डेरी, मासु तथा माछा पसल सुधार कार्यक्रम तथा मासु पसल तथा डेरी पसलमा असल अभ्यास स्टिकर वितरण कार्यक्रम र पशुमा पूर्ण खोप कार्यक्रम यस वर्षदेखि सुरु गरिएको पनि उनले बताईन् ।
लागत न्यूनीकरण र उत्पादन वृद्धिको आधारमा उन्नत प्रविधिको बिकास र प्रसार नारा सहित भएको कार्यक्रमका प्रमुख अतिथि पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयका निर्देशक डा. मनबहादुर पुनले कृषि तथा पशुपालन पेशामा लाग्न पशुको जात राम्रो हुनुपर्ने, खाना र मार्केटिङ, प्राविधि बिस्तार गर्नुपर्ने, गण्डकी प्रदेशमा दुध र मासुमा आत्म निर्भर भैसकेको वताएका थिए ।
गत आव २०७६÷०७७ मा सो भेटरीनरी हस्पिटलले ९७.४९ प्रतिशत भारित प्रगति र ९५.०७ बित्तिय प्रगति भएको समेत जानकारी गराइएको थियो ।
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय पशुपंक्षी विकास महाशाखा प्रमुख डा. ऋषिराम सापकोटा, पोखरा महानगर पशु सेवा शाखा प्रमुख नवराज अधिकारी, कुखुरा पालक संघ कास्कीका अध्यक्ष यज्ञ गुरुङ, मासु व्यवसायी संघ कास्कीका अध्यक्ष गोबिन्द प्रसाद तिवारी, आरसी टाइम्सका सम्पादक डा. रामचन्द्र वराल, नेपाल किसान संघ कास्की, बंगुर पालक कृषक संघ, कृषक शोभाखर भण्डारी विभिन्न कार्यालयका प्रतिनिधि तथा डेरी तथा पशु पालक कृषक लगाएतको सहभागीता रहेको थियो ।
कार्यक्रमको संचालन भेटरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कास्कीका पशु विकास अधिकृत डा. सपना लक्ष्मी घिमिरेले गरेकि थिईन् भने स्वागत अधिकृत (प्रशासन) ठाकुर ढकालले गरेका थिए ।
Comments are closed.