पोखरा ।
२० घण्टाका नवजात शिशु सहित गण्डकी प्रदेशमा थप ३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । यस सँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ३ हजार ८ सय ६६ पुगेको छ ।
पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरामा गरिएको परिक्षणमा थप ३ जनामा संक्रमण पुष्टी भएको हो ।
शिशुलाई पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखराको एनआइसियुमा मा भर्ना गरिएको छ भने अन्यलाई आइसोलेसनमा व्यवस्थापन गर्ने तयारी भईरहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
Comments are closed.