काठमाडौं । भायानेटले नजिकिदै गरेका चाडपर्वलाई लक्षित गरी विभिन्न योजना सार्वजनिक गरेको छ । भायानेटले ‘बडा दशैंमा बडा टि.भि ‘अफर ल्याएको हो ।
दशैं तथा तिहारको अवसरमा ग्राहकलाई टेलिभिजन सेट र क्यास भौचर प्रदान गर्ने कम्पनीले जनाएको छ । यस योजना अन्तर्गत ग्राहकले ३० एमविपिएस इन्टरनेटको बार्षिक योजना र ४३ इन्चको स्काइवर्थ लिड टि.भि प्राप्त गर्नेछन् । ४१ हजार ९ सय ९० रुपैयाँमा यो योजना ग्राहकले प्राप्त गर्नेछन् ।
त्यसैगरी २८ हजार ९ सय ९० रुपैयाँमा ३२ इन्च स्काइ वर्थ टि.भि ३० एमविपिएस इन्टरनेट योजना प्राप्त गर्ने जनाईएको छ । ईसेवा मार्फत ६५० सम्मको क्यास भौचर प्रदान गर्नेछ भने पुराना ग्राहकले ६ सय रुपैयाँसम्म छुट प्राप्त गर्नेछन् ।
यस योजनाबाट ग्राहकले बजार मूल्य भन्दा करिव ३५ प्रतिशत बढी छुट पाउने कम्पनीले जनाएको छ ।
Comments are closed.