नेता गगनलाई कोरोना, सम्पर्कमा रहेकाहरुलाई सचेत रहन आग्रह

काठमाडौं । नेपाली काँग्रेसका युवा नेता गगन थापालाई कोरोना संक्रमण पुष्टि भएको छ । असोज १५ गते पार्टी कार्यालयमा भएको पिसिआर परीक्षणको रिपोर्ट पोजेटिभ आएको थापाले पुष्टि गरे ।

‘मलाई कोभिड संक्रमण देखिएको जानकारी पाएँ,’ उनले भनेका छन् । आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको थापाले बताएका छन् ।

‘अहिले म घरमै आइसोलेसनमा छु,’ उनले भनेका छन् । थापाले आफ्नो सम्पर्कमा रहेका सबैलाई सजगता अपनाउ आग्रह गरेका छन् । ‘कुनै समस्या आएमा स्वास्थ्यकर्र्मीसँग परामर्श गर्नुहुन अनुरोध गर्दछु,’ उनले भनेका छन् ।

You might also like

Comments are closed.