चिकित्सक र शिक्षकसहित थप २६ जनामा कोरोना पुष्टी

पोखरा । गण्डकी प्रदेशमा चिकित्सक र शिक्षकसहित थप २६ जनामा   कोरोना संक्रमण पुष्टी भएको छ । यस सँगै प्रदेशमा संक्रमितको संख्या ४ हजार ४ सय १ पुगेको छ ।

क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा थप २६ जनामा संक्रमण पुष्टी भएको हो ।

संक्रमित हुनेमा तनहुँका ३ जना, कास्कीका १२ जना, गोरखाका २ र स्याङ्जाका ९ जना रहेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।

You might also like

Comments are closed.