भारतका उपभोक्ता मामिला तथा खाद्य मन्त्री रामविलास पासवानको निधन

एजेन्सी (भारत) । भारत सरकारका सरकारमा केन्द्रीय उपभोक्ता मामिला, खाद्य तथा सार्वजनिक वितरण मन्त्री रामविलास पासवानको बिहीबार साँझ निधन भएको छ । पासवानको गत हप्ता मुटुको शल्यक्रिया गरिएको थियो ।

विभिन्न रोगका कारण बिरामी रहेका पासवानको दिल्लीको अस्पतालमा उपचारका क्रममा निधन भएको उनका छोरा चिरागले मिडियालाई बताएका छन् ।

पासवानको निधनप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गरेका छन् । ‘म धेरै दुःखी छु,’ उनले भनेका छन्, ‘पासवासनको निधनले धेरै क्षति भएको छ ।’

पासवान लोक जनशक्ति पार्टीका अध्यक्ष, आठ पटकसम्म लोकसभा सदस्य र वर्तमान राज्यसभा सांसद पनि थिए ।

You might also like

Comments are closed.