पोखरा । गण्डकी प्रदेशमा थप ६२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । यससँगै संक्रमितको संख्या ४ हजार ७ सय ५३ पुगेको छ ।
क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परिक्षणमा थप ६२ जनामा संक्रमण पुष्टी भएको हो ।
संक्रमित हुनेमा कास्कीका २१ जना, बागलुङका ३६ जना र लमजुङका ५ जना रहेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ । संक्रमित हुनेमा सुरक्षाकर्मी, थुनुवा लगायत पनि छन् ।
Comments are closed.