गण्डकी प्रदेशमा कोरोनाबाट कुल संक्रमित र सक्रिय संक्रमित कति ?

 

पोखरा ।  गण्डकी प्रदेशमा बिहीबार साँझसम्म सक्रिय सङ्क्रमतिको संख्या १ हजार ८ सय २१ पुगेको छ । प्रदेशमा कूल सङ्क्रमितको संख्या ५ हजार ३ सय ५६ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए ।

प्रदेशमा हालसम्म ७९ हजार ३ सय २ जनाको कोरोना परीक्षण गरिएको छ । सङ्क्रमितमध्ये ३ हजार ४ सय ८८ जना निको भएका छन् ।

कोरोना सङ्क्रमणका कारण प्रदेशमा हालसम्म ४७ जनाको मृत्यु भएको निर्देशनालयले जनाएको छ ।

You might also like

Comments are closed.