सञ्चार संस्थासँग सहकार्य गर्छु : मन्त्री गुरुङ

काठमाडौँ  । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले नेपाल पत्रकार महासंघ सहितका सरोकार भएका संस्थासँग छलफल र सहकार्य गरेर अघि बढ्ने बताएका छन् ।

मन्त्री निवास पुल्चोकमा महासंघका पदाधिकारीसँग आइतबार भएको भेटमा उनले सञ्चार क्षेत्रको हित हुने गरी आवश्यक नीति, कानून र संरचना निर्माण गरिने बताउँदै प्रेस स्वतन्त्रताको संरक्षण, प्रवद्र्धन, स्वतन्त्र प्रेसको व्यावसायिक र संस्थागत विकास एवम् पत्रकारको पेशागत हितका पक्षमा आफू सदैव अडिग रहने स्पष्ट पारे ।

महासंघका अध्यक्ष गोविन्द आचार्यले मन्त्री गुरुङलाई सफल कार्यकालको शुभकामना दिँदै सञ्चार क्षेत्रमा विद्यमान समस्या समाधानका लागि सरकारबाट हुनुपर्ने पहलबारे महासंघको धारणा प्रस्तुत गरे ।

कोभिड १९ पछिको अवस्थामा सरकार, श्रमजीवी पत्रकार र मिडिया सञ्चालकबीच गम्भीर छलफल र आपसी सहकार्य हुनुपर्ने उल्लेख गर्दै महासंघले श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयन, आमसञ्चार नीति २०७३ अनुरुप कानून र संरचना निर्माण, सञ्चार क्षेत्रमा पुनःसंरचना गरी भएकोसघीयता र समावेशिताको कार्यान्वयन गर्न आग्रह गरेको थियो ।

मन्त्री गुरुङले गत असोज २९ गते सो मन्त्रालयको जिम्मेवारी समहालेका हुन् ।

You might also like

Comments are closed.