गण्डकीमा ४२३ संक्रमित थपः दुईको मृत्यु

गण्डकी । गण्डकी प्रदेशमा आज ४२३ कोरोना संक्रमित थपिएका छन् । प्रदेशमा थप दुई जनाको मृत्यु भएको छ ।

प्रदेशमा कोरोना संक्रमितको संख्या सात हजार ७४० पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवम् गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोदविन्दु शर्माले जानकारी दिए ।

पोखरा महानगरपालिका वडा नं १७ निवासी ६० वर्षीय कोरोना सङ्क्रमित पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको कोभिड–१९ उपचार केन्द्रमा आइतबार बिहान ११. ५५ बजे उपचारका क्रममा निधन भएको अस्पतालका निर्देशक सहप्राध्यापक डा अर्जुन आचार्यले जानकारी दिए ।

त्यस्तै पश्चिमाञ्चल क्षेत्रीय अस्पतालकै कोभिड उपचार केन्द्रको सघन उपचार कक्षमा उपचाररत कास्की, अन्नपूर्ण गाउँपालिका वडा नं ३ निवासी ४७ वर्षीय पुरुषको शनिबार राति निधन भएको अस्पतालले जनाएको छ । यससँगै प्रदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ८० पुगेको छ ।

You might also like

Comments are closed.