काठमाडौं । एनएमबि बैंकले ‘बैंक अफ द इयर २०२०’ अवार्ड जित्न सफल छ । फाइनान्सियल टाइम्स लन्डनद्वारा प्रकाशित द बैंकर म्यागजिनको निर्णायक मण्डलले एनएमबीलाई उत्कृष्ट नेपाली बैंक घोषणा गरेको हो । आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आइरहेको एनएमबि बैंकले गत ४ वर्षमा ३ पटकसम्म यो अवार्ड जितेको हो । बैंकले यस अगाडि १०१८ र २०१७ मा पनि यो अवार्ड जितेको थियो ।
बैंकले आफूलाई सबल तथा मजबुत बनाउन आफ्नो वासलातलाई सन्तुलित आकारमा विस्तार गर्दै देशका विभिन्न शहर तथा ग्रामीण भेगहरुमा शाखा सञ्चालन गरि १२ लाखभन्दा बढी ग्राहकलाई गुणस्तरिय बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ । यसै क्रममा बैंकले आफ्नो कर्जा लगानीलाई प्राथमिक क्षेत्रहरु जस्तै नवीकरणीय उर्जा, कृषि, साना तथा मझौला व्यवसायहरुमा उल्लेख्य वृद्घि गर्दै नेपालको आर्थिक उन्नतिको सहयात्री बनी आफूलाई फरक मूलधारको बैंकको रुपमा स्थापना गर्न सफल भएको छ ।
एनएमबि बैंक ग्लोबल अलाइन्स फर बैंकिङ अन भ्यालुज (जिएबिभी)को नेपालमा एक मात्रै ‘क’ वर्गको सदस्य वाणिज्य बैंकको रुपमा रहनुका साथै नेपालमा दीगो मूल्य मान्यतामा आधारित बैंकिङ सेवाको प्रवद्र्धनमा लागि परेको विज्ञप्तिमा उल्लेख छ ।
बैंकलाई अन्तर्राष्ट्रिय संस्था पार्टनरसिप फर कार्वन अकाउन्टिङ फाइनान्सियलको स्टिअरिङ कमिटिको सदस्य बैंकको रुपमा ABN AMRO, Morgan Stanley जस्ता संसारकै उत्कृष्ट बैंकहरुका साथ साझा एजेन्डामा काम गर्ने मौका प्राप्त भएको छ ।
‘एनएमबि बैंक विदेशी लगानीकर्ता संस्थाहरुका लागि नेपाली वित्त बजारमा लगानी गर्नका निम्ति सबैभन्दा बढी रुचाइएको बैंक हो,’ बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, ‘जसको फलस्वरुप बैंक कठिन समयमा पनि मुलुकभित्र उल्लेख्य वैदेशिक लगानीभित्र्याउन सफलभएको छ ।’
बैंक अफ दि इयर उपाधिले विश्वव्यापी रुपमा उत्कृष्टतालाई परिभाषित गर्दछ । यसका विजेताहरुलाई बैंकको वित्तीय क्षमता प्रदर्शन, शेयरधनीलाई दिइने प्रतिफल, ग्राहकहरुको हितका लागि गरिने पहलहरु जस्ता विभिन्न मापदण्डहरुबाट मूल्याङ्ककन गरिन्छ ।
‘विगत चार वर्षमा बैंकलाई तेस्रो पटक यो उपाधिबाट सम्मानित गरिएकोमा हामी अन्यन्तै हर्षविभोर भएका छौं,’ बैंकले भनेको छ, ‘विश्व समुदाय नै कोभिड १९ को महामारीबाट गुज्रिरहेको यस कठिन घडीमा पाएको यो बैंक अफदिइयर २०२० को सम्मान हाम्रा कर्मचारीहरुले देखाएको अदम्य साहस, त्याग, कडा परिश्रम, कामप्रतिको समर्पण, दीगो व्यवसाय विस्तारप्रतिको ऐक्यवद्घताका साथै यस बैंक सञ्चालक समितिको निर्देशन तथा सम्पूर्ण सरोकारवालाहरुको अनवरत सहयोगको प्रतिफल हो ।’
Comments are closed.