नीति तथा कार्यक्रममा केन्द्रित भएर काम गर्न सञ्चारमन्त्रीको निर्देशन

काठमाडौं । सञ्चार तथा सूूचना प्रविधिमन्त्री पार्वत गुरुङले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनमा ध्यान केन्द्रित गर्न मातहतका निकायलाई निर्देशन दिएका छन् । सञ्चारमन्त्री गुरुङले मन्त्रालयको गरिमा कायम हुने गरी इमानदार, स्वाभिमान र जिम्मेवार भएर काम गर्न पनि कर्मचारीलाई सचेत गराए ।

“चालूू आर्थिक वर्षको कार्यक्रमलाई प्रभावकारी ढङ्गले अघि बढाउन मन्त्रालयअन्र्तगतका सबै निकायलाई आग्रह गर्दछुु”, सिंहदरबारस्थित मन्त्रालयमा मंगलबार आयोजित आर्थिक वर्ष २०७७÷७८ मा सञ्चालित कार्यक्रमको प्रथम चौमासिक समीक्षा र मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठक समापन गर्दै उनले भन,े“सूचना र प्रविधिको माध्यमबाट मुलुुकलाई समृद्ध बनाउन पनि चालू आर्थिक वर्षको कार्यक्रमलाई प्रभावकारी ढङ्गले कार्यान्वयनमा लैजान जोड दिनुपर्छ ।”

सरकारका प्रवक्ता गुरुङले टालटुुले प्रवृत्तिबाट हुने कामले ‘समृद्ध नेपाल, सुुखी नेपाली’ को राष्ट्रिय सङ्कल्पलाई पूरा गर्न नसकिने जनाउँदै नागरिकप्रति जवाफदेही हुने गरी कार्यसम्पादन गर्न कर्मचारीले इमानदारीका साथ काम गर्नुपर्ने औंँल्याए। कार्यविधि, नियमावली र निर्देशिका विकास आयोजनाको कामलाई तीव्रताका साथ अघि बढाउन बाधक बन्न नहुने स्पष्ट पार्दै मन्त्री गुुरुङले मन्त्रालयको गरिमालाई उच्च बनाउने गरी गेम चेञ्जर प्रोग्राम छनोटको काममा ढिलाइ गर्न नहुने स्मरण गराए । आमसञ्चार, दूूरसञ्चार र सूचनाप्रविधिका क्षेत्रमा गेम चेञ्जर प्रोग्रामक छनोट गरी अघि बढाउन लागिपर्ने मन्त्री गुरुङको भनाइ थियो । मन्त्री गुरुङले सूूचना र प्रविधिको विकासमार्फत दिगो विकास लक्ष्य हासिल हुने गरी मुलुकलाई समृद्ध बनाउन मातहतका सबै निकाय क्रियाशील हुनुपर्नेमा जोड दिए ।

सो अवसरमा राष्ट्रिय योजना आयोगका मीनबहादुर शाहीले महालेखा परीक्षकको कार्यालयले निर्देश गरेअनुसार काम गर्न मन्त्रालयका कर्मचारीलाई आग्रह गरे । मुलुकको सुशासन र विकासका लागि बाधक नहुने गरी कार्यविधि, निर्देशिका र नियमावली बनाउन पनि सरकारको ध्यानाकर्षण उनले गराए ।

मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले मन्त्रालयको चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट तोकिएको समय अगाडि नै सम्पन्न हुने गरी काम गर्न मातहतका कर्मचारीसँग आग्रह गरेका थिए ।

You might also like

Comments are closed.

Secret Link