काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स लि. ले नेपाल स्टारको उत्कृष्ट ८ मा पुग्न सफल ८ जना प्रतियोगी, नेपाल स्टारका निर्णायकहरु एवं निर्देशकको १ वर्षको दुर्घटना बिमा प्रदान गर्ने भएको छ । सो सम्बन्धी सम्झौता पत्रमा सिद्धार्थ इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत वीरेन्द्र बैदवार क्षेत्री र कि एडभरटाजिङ सर्भिस प्रा.लि. का प्रबन्ध निर्देशक रवीन्द्र कुमार रिजालले एक कार्यक्रमबीच हस्ताक्षर गरेका छन् ।
सम्झौता कार्यक्रममा नेपाल स्टारका निर्णायक मण्डलका सदस्य संगीतकार आलोकश्री, गायक रामकृष्ण ढकाल, गायिका अन्जु पन्त लगायत कम्पनीका पधादिकारी एवं नेपाल स्टारका उत्कृष्ट ८ मा प्रतिस्पर्धा गरिरहेका उम्मेद्वारहरुको उपस्थिति थियो ।
उत्कृष्ट ८ जनालाई जनही १५ लाख एवं निर्णायकहरु एवं निर्देशकको रु २५ लाख रकम बराबरको दुर्घटना बीमा छ । सिद्धार्थ इन्स्योरेन्स लिमिटेड निर्जीवन बिमा कम्पनीमध्ये नेपालको एक अग्रणी बीमा कम्पनी हो ।
Comments are closed.