काठमाडौं । नेपाल आर्थिक पत्रकार समाज (सेजन) का पूर्वअध्यक्ष गोकर्ण अवस्थी नेपाल उद्योग वाणिज्य महासंघको उपमहानिर्देशकमा नियुक्त भएका छन् । महासंघ पदाधिकारी बैठकले उनलाई उपमहानिर्देशक नियुक्त गरेको हो ।
आर्थिक पत्रकारितामा लामो समयको अनुभव संगालेका अवस्थीलाई महासंघले अर्थ र सञ्चार विज्ञको रुपमा नियुक्त गरेको बताइएको छ । कान्तिपुर दैनिकको अर्थव्युरोको नेतृत्व समेत गरिसकेका अवस्थीले यस अगाडि संयुक्त राष्ट्र संघ नेपालको दीगो विकास लक्ष्य कार्यक्रममा सल्लाहकार भएर समेत काम गरिसकेका छन् ।
महासंघबाट प्राप्त जिम्मेवारी आफ्नो लागि महत्वपूर्ण अवसर भएको बताउँदै उनले जिम्मेवारीलाई पुरा गर्न आफू प्रतिबद्ध भएर लाग्ने उनले प्रतिबद्धता व्यक्त गरेका छन् ।



Comments are closed.