पोखरा । लायन्स क्लब्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपालका कोचिफ एडभाइजर सुचित्रा थापाको नेतृत्वमा लायन्स क्लब अफ पोखरा कुमुद स्थापना भएको छ ।
सांसद प्रभा कोइराला, मीना गुरुङ सहित लायन्स डिष्ट्रिक्टका एनएलएफ चिफ दुर्गा ढकाल, कलस्टर चिफ डम्बर कुमारी गुरुङ लगायतलाई समेटेर थापाले क्लब स्थापना गरेकी छन् ।
क्लबमा ३० जना संस्थापक सदस्यहरु रहेको अध्यक्ष थापाले जानकारी दिइन् । ‘क्लब मार्फत सामाजिक क्षेत्रमा नमुना काम गर्ने हाम्रो सोच छ,’ थापाले भनिन्, ‘पोखराका प्रतिष्ठित महिलाहरुको सहभागिता क्लब स्थापना गर्न पाउँदा हामी निकै हर्षित छौं ।’







Comments are closed.