पर्वतीय खेलकुद महोत्सव हुने

पोखरा ।नेपालमा परम्परागत, सहासिक तथा पर्यटकिय खेलकुदको माध्यमद्वारा दिगो पर्यटनको प्रवद्र्धन गर्न सन २०१३ मा गठन भएको माउन्टेन स्पोर्टस फेडेरेशनले आफ्नो स्थापनाकाल देखिनै विभिन्न गतिविधि गरिरहेको छ । नेचर, एडभेन्चर र कल्चर मुल अवधारणा रहेको यस महासंघमा १५ वटा विभिन्न राष्ट्रिय खेलसंघ र केही इभेन्ट आवद्ध छन् .।

महासंघले आपmनो सदस्य संघहरुलाई संयोजन गरि बिगत सात वर्ष देखि पर्वतीय खेलकुद महोत्सव विभिन्न कार्यक्रमका साथ मनाउदै आईरहेको छ । सोहि सन्दर्भमा यस पटक महासंघले आठौँ पर्वतीय खेलकुद महोत्सवको तयारीलाई अगाडी वढाएको छ ।

आठौं सस्करणको माउन्टेन स्पोर्टस फेस्टिभल गण्डकी प्रदेशमा आयोजना गर्ने सम्वन्धमा संघले गण्डकी प्रदेश सरकारका मुख्य मन्त्री पृथ्वी सुव्वा गुरुङ र आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ संग भेटघाट गरेको छ । प्रदेश सरकार माउन्टेन स्पोर्टस फेस्टिभल आयोजना गर्न उत्साहि छ ।
गण्डकी प्रदेशमा आयोजना हुने प्रतियोगिताका लागि सम्वन्धित खेल संघका प्रतिनिधी सम्मिलित १७ सदस्यिय व्यवस्थापन समिती गठन भएको छ । सो अन्तर्गत माउन्टेन स्पोर्टस फेडेरेशनका प्रदेश संयोजक समेत रहेको गण्डकी प्रदेशका सांसद इन्द्रधारा विष्ट सहितको ६ सदस्यिय सचिवलायको कार्यदल गठन भएको छ । जसको सदस्यमा लक्की क्षेत्री, बसन्त दवाडी, केशव पाठक, दिपक बहादुर गोदार र प्रतिमा गैरे छन् ।

‘माउन्टेन स्पोर्टस फेस्टिभल’ अन्तर्गत परम्परागत आर्चरी, ठेलो, क्यानोनिङ, रक क्लाइम्विङ, क्यानोइङ, साइक्लिङ, प्याराग्लाइडिङ, क्रस कन्ट्रि रनिङ, मोटर स्पोर्टस, टग अफ वार, रिङ रेस्लिङ, घोडा दौड, ट्राइयाथलन, गल्फ, स्केट वोर्डिङ लगाएतका १५ खेलहरु प्रस्तावका रुपमा अघि सारिएको छ ।
स्थापनाकाल देखि नै नेपाललाई माउन्टेन स्पोर्टस हवको रुपमा स्थापित गर्न महासंघ प्रयासरत रहेको अवस्थामा गण्डकी प्रदेशमा यसको सफल आयोजनाले यस क्षेत्रमा कोभिड–१९ले तहस नहस बनाएको पर्यटनलाई अघि वढाउन थप सहयोग पुग्ने छ भने माउन्टेन स्पोर्टस गेमलाई शुरुवात गर्न मद्धत पुग्ने छ भन्ने संघको विश्वास छ ।

यसै गरि गण्डकी प्रदेशमा आयोजनाका लागि पूर्वघोषित नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता शुरु हुने भनिएको फागुन २० गते नै शुरुवात गर्ने लक्ष्य छ । फेस्टिभल सम्पन्न गर्न १ करोड ८८ लाख अनुमानित खर्च हुने सो फेस्टिभल सम्पन्न गर्न राष्ट्रिय खेलकुद परिषद, गण्डकी प्रदेश सरकार, स्थानिय सरकार र प्रायोजक संस्थाहरुबाट सहयोग प्राप्त हुने विश्वास संघको छ ।

प्रदेश सरकार, राष्ट्रिय खेलकुद परिषद, स्थानिय सरकार सम्पुर्ण मिडिया कर्मी खेल तथा पर्यटन सघं संस्थाहरुको सहयोग रह्यो भने पर्यटन क्षेत्रलाई पुर्नजिवित गर्न फेस्टिभलले भुमिका खेल्नेछ भन्ने विश्वास आयोजकको छ ।

You might also like

Comments are closed.