जगदम्बा मोटर्सले प्रोटोन साँगा सार्वजनिक गर्दै, यस्ता छन् बिशेषता

काठमाडौं । प्रोटोनको नेपालका लागी आधिकारिक विक्रेता जगदम्बा मोटर्सले चर्चित मलेशियन अटोमोबाइल कम्पनी प्रोटोनको नेपालमा निकै नै उत्साहका साथ लिइएको बहु–प्रतिक्षित मोडल “प्रोटोन साँगा“ सार्वजनिक गर्ने भएको छ । बुधबार साँझ ५ बजेपछि भर्चुअल माध्यमबाट सार्वजनिक गरिने जगदम्बा मोटर्सले जनाएको छ । प्रोटोन कार्स नेपालको आधिकारिक फेसबुक र युट्युब पेज मार्फत प्रत्यक्ष प्रसारण गरिनेछ । उक्त कार्यक्रममा सहभागी बन्नका लागि प्रोटोन कार्स नेपालको फेसबुक पेज facebook.com/ProtonCarsNepal मा गइ त्यहाँ दिइएको The New PROTON SAGA Virtual Launch event मा क्लिक गरि Going अथवा Interested मा क्लिक गर्नुपर्ने हुन्छ ।

प्रोटोन अटोमोबाइल कम्पनी छोटो समयमा प्रसिद्धि कमाउन सफल मलेशियाको राष्ट्रिय अटोमोबाइल कम्पनी हो जसले सन् १९८५मा प्रोटोन साँगाकै रुपमा आफ्नो प्रथम गाडी बजारमा ल्याएको थियो । त्यसपश्चात एकपछि अर्को गर्दै विभिन्न नयाँ मोडलहरु स्वदेशी तथा विदेशी बजारमा विक्री–वितरण गर्दै सफलता हाँसिल गरेको प्रोटोनका गाडीहरु हाल संसारका ७० भन्दा धेरै मुलुकहरुमा देख्न सकिन्छन भने यसका लगभग ४.४ मिलियन प्रयोगकर्ता छन् ।

jutta mela

प्रोटोन साँगाको उत्कृष्ट फिचर्स तथा डिजाइनले भरिपूर्ण र संसारभर एकदमै ज्यादा मात्रामा रुचाइएको सेडान रहेको छ । यसका एक्स्टिरियर देखि लिएर इन्टेरियरसम्म सबैको ध्यानाकर्षण गर्न योग्य रहेका छन् । यसमा समाहित १.३ लिटरको भिभिटि इन्जिन १२९९ सिसिको रहेको छ जसको पावर क्षमता अरु संग अतुलनिय छ ।

यसैगरी मनोरञ्जन विधाका लागि यसमा नयाँ स्मार्ट्फोन कनेक्टिभिटी जस्तो विशेष सुविधा जडान गरिएको छ, जसले ड्राइभिङका क्रममा ड्राइभरलाइ मनोरञ्जन प्रदान गरिरहन्छ । यसमा रहेको ४२० लिटर क्षमताको ट्रंक रिलिज कतै यात्रा गर्दाओर्दा आफुले चाहेजति सामान अथवा लगेजहरु अटाउँनका लागि काफी छ भने इन्टेरियर एन् ९५फिल्टरले दुषित हावाबाट यात्रु र गाडीलाई जोगाइ राख्दछ । यसैगरी अगाडि बस्ने चालक र यात्रुको सुरक्षालाई मध्यनजर गर्दै यसमा एस्आरएस् एयर ब्याग्सको समेत सुविधा रहेको छ ।

 

You might also like

Comments are closed.