होमस्टेमा कोरोनाको प्रभावबारे छलफल तथा अन्तरक्रिया

पोखरा । होमस्टे एशोसिएसन नेपाल गण्डकी प्रदेशको आयोजना तथा उद्योग , पर्यटन बन तथा बाताबरण मन्त्रालय गण्डकी प्रदेश र बागलुङ उद्योग बाणिज्य संघको आर्थिक सहयोगमा बागलुङ नगरपालिका १०को अथिति सत्कार सामुदायिक होमस्टे भकुण्डेमा होमस्टेमा कोरोनाको प्रभाब बारे छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

उद्योग , पर्यटन बन तथा बाताबरण मन्त्रालय गण्डकी प्रदेश का भ्रमण बर्ष संयोजक होसानका सल्लाहकार जुद्ध बहादुर गुरुङको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।कार्यक्रममा पर्यटन महाशाखाका प्रमुख डिल्ली राम रिजाल, होसान केन्द्रीय महासचिव कावासोती न. पा.का उपमेयर प्रेम शंकर मर्दनिया थारू, होसान केन्द्रीय सदस्य उर्मिला गुरुङ‌ र होसान जिल्ला कमिटी बागलुङका अध्यक्ष खेम बहादुर थापा मगरलगायतले बोलेका थिए ।

प्रमुख अथिती गुरुङले होमस्टेको बिकास को इतिहास बताउदै राष्ट्र समृद्धि को यात्रा होमस्टे को विकास बाट मात्र सम्भव हुने वताए । प्रर्यटन माहाशाखा प्रमुख रिजालले होमस्टे मा प्रदेश सरकार ले लगानी खेर जान नदिन होशान को महत्त्वपुर्ण योगदान हुने बताए । उपमेयर प्रेम संकरले स्थानिय सरकारले होमस्टे लाई सक्दो सहयोग बताउदै उच्च सावधानी का साथ होमस्टे हरू संञ्चालन गर्ने बताए ।

गण्डकी प्रदेशका १० जिल्लाका होसान जिल्ला अध्यक्ष , तथा केन्द्रीय सदस्यहरु समेतको उपस्थिती रहेको उक्त कार्यक्रम होशान गण्डकी प्रदेश अध्यक्ष हरिलाल पौड्याल को अध्यक्षतामा भएको थियो भने कार्यक्रम मा स्वागत मन्तब्य माहासचिव धनी राम गुरौ तथा संचालन सचिव कृष्ण प्रसाद तिमिल्सिनाले गरेका थिए ।

You might also like

Comments are closed.