नमस्ते एजुकेशनको १५औं वार्षिकोत्सवको अवसरमा गुरुङ सांस्कृतिक फोटो प्रतियोगिता

पोखरा । नमस्ते एजुकेशन इन्स्टिच्युट प्रा.लि. पोखराद्वारा आयोजित गुरुङ साँस्कृतिक फोटो प्रतियोगिता सम्पन्न गरेको छ । सो इन्स्टिच्युटले आफ्नो स्थापनाको १५औं वार्षिकोत्सव तथा गुरुङहरूको महानचाड ल्होछारको अवसरमा आयोजना गरेको प्रतियोगितामा चन्द्र गुरुङ प्रथम भएका छन् । द्वितीय रजनी गुरुङ र तृतीय करुणा गुरुङ तथा दर्शक छनौटमा सन्जु गुरुङ परस्कृत भएको उक्त संस्थाका संचालक कर्ण गुरुङले जानकारी दिए ।

प्रतियोगितामा प्रथम हुनेले नगद रु १५ हजार सहित प्याराग्लाइडिङ, बन्जिजम्प र साँग्रिला भिलेज पोखरामा एक रात बासको सुविधा प्राप्त गरेका छन् । द्वितीय हुनेले नगद रु. १० हजारको साथमा प्याराग्लाइडिङ र बन्जिजम्पको पुरस्कार प्राप्त गरेका छन् । तृतीय हुनेले नगद रु. ५ हजार सहित प्याराग्लाइडिङ र टावर क्लाइमिङको पुरस्कार प्राप्त गरेका छन् । दर्शक छनौटतर्फ परस्कृत हुनेले नगद रु. ५ हजार सहित प्याराग्लाइडिङ र टावर क्लाम्बिङको पुरस्कार प्राप्त गरे ।

सो प्रतियोगितालाई प्याराग्लाइडिङ सौजन्य बिग स्माइल प्याराग्लाइडिङ नेपाल, बन्जि सौजन्य बन्जि नेपाल एड्भेन्चर र होटेल सौजन्य साँग्रीला भिलेज पोखराले सौजन्य गरेको गुरुङले जानकारी दिए ।

उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीलाई कम्पनीले १५ वर्षदेखि परामर्श सेवा प्रदान गर्दै आइरहेको छ । कम्पनीको शाखा कार्यालय काठमाडौंमा पनि रहेको छ ।

lcci
You might also like

Comments are closed.