पोखरा । लुम्बिनी विकास बैंकले सहारा क्लबले सञ्चालन गरेको सहारा फुटबल एकेडेमीलाई २ लाख २० हजार रुपैयाँ सहयोग गरेको छ । एकेडेमीमा रहेका २४ जना बालकहरुलाई एक वर्षका खाजाका लागि आवश्यक रकम बैंकले २ लाख २० हजार रुपैयाँ सहयोग गरेको हो ।
बैंकका तर्फबाट सञ्चालक रामचन्द्र सिग्देल, बैंकका मुख्य प्रबन्धक दिपक खनाल, प्रमुख सञ्चालक सुकदेब पहारी, पोखरा रामबजार शाखाका प्रवन्धक बालकृष्ण बन, न्यूरोड शाखाका शाखा प्रबन्धक बलबहादुर ढकाल, लेकसाइड शाखा प्रबन्धक महेन्द्रकुमार श्रेष्ठ लगायतले सहारा क्लबका अध्यक्ष केशव थापालाई चेक हस्तान्तरण गरे ।
बैंकको सामाजिक उत्तरदायित्व अन्तर्गत एकेडेमीलाई सहयोग गरेको बैंकका सञ्चालक रामचन्द्र सिग्देलले जानकारी दिए । ‘बैंकले सहारा क्लबलाई तीन वर्षदेखि सहयोग गर्दै आएको छ,’ सिग्देलले भने ‘यस फुटबल विकासमा टेवा पुग्ने छ ।’ बैंकले सामाजिक उत्तरदायित्व बहन गर्दै आइरहेको र यसैक्रममा सहारा एकेडेमीलाई सहयोग गरिएको उनले बताए । ‘आमा बाबु नभएको बालकलाई अभिभावकत्व दिनु सहज छैन,’ उनले भने, ‘क्लबले पुण्य काम गरेको छ । त्यसमा केही सहयोग होस् भनेर सहयोग गर्दै आएका छौं ।’
क्लबका अध्यक्ष थापाले मनकारीकै मायाले एकेडेमी चलेको भन्दै एकेडेमी सञ्चाल गर्न सहयोग पुग्ने बताए । पूर्व अध्यक्ष विक्रम थकालीले बैंकले आहा रारा गोल्डकपलाई लामो समयदेखि बैंकले बैंकिङ पार्टनरका रुपमा सहयोग गर्दै आएको बताउँदै आगामी दिनमा पनि निरतरता पाउने विश्वास गरे । कार्यक्रममा सहारा क्लबका सचिब सुनिल रानामगर, पूर्व कार्यसमिति सदस्य राजकुमार गुरुङ, रविन श्रेष्ठ र प्रकाश रानाले सहारा फुटबल एकेडेमिका बारेमा जानकारी दिएका थिए ।
क्लबले २०६१ सालदेखि एकेडेमी निरन्तर एकेडेमी सञ्चालन गरिरहेको छ । हाल एकेडेमीमा देशका विभिन्न १४ जिल्लाका २४ जना कठिन परिस्थितिका बालकहरु आश्रित छन् । निरन्तर सहयात्रा भन्ने नाराका साथ बैंकले देशभर ६९ शाखा र १७ वटा एटिएमबाट सेवा प्रदान गर्दै आएका छ । गण्डकी प्रदेशमा १२ वटा र पोखरामा ८ वटा शाखा छन् । बैंकले विभिन्न प्रकारका निक्षैप, कर्जा, एबिबिएस सेवा, मोबाइल बैंकिङ, एटिएम, लकर लगायतका सेवा प्रदान गर्दै आएको छ ।
Comments are closed.