रिलायन्स फाइनान्स र दृष्टि आइ केयर सिस्टमबीच सहकार्य

काठमाडौं । राष्ट्रियस्तरको रिलायन्स फाइनान्स लिमिटेडका ग्राहक, कर्मचारी तथा प्रमोटरले दृष्टि आइ केयर सिस्टमले प्रदान गर्ने सेवामा विशेष छुट प्राप्त गर्ने भएका छन् । रिलायन्स फाइनान्स लिमिटेड र दृष्टि आइ केयर सिस्टमबीच यस सम्बन्धी सम्झौता भएको छ ।

दृष्टि आइ केयर सिस्टमको मुख्य कार्यालय कलंकीमा मंगलबार एक कार्यक्रमबीच रिलायन्स फाइनान्सका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अनिल श्रेष्ठ र दृष्टि आइ केयर सिस्टमका प्रमुख कार्यकारी अधिकृत (सिइओ) भाइराजा श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।

दुवै संस्था मिलेर सामाजिक उत्तरदायित्व लगायतका क्षेत्रमा काम गर्ने हस्ताक्षर कार्यक्रममा दुवै सिइओले प्रतिवद्धता व्यक्त गरेका छन् ।

काठमाडौंको प्रदर्शनी मार्गमा प्रधान कार्यालय रहेको रिलायन्स फाइनान्सको मुख्य कार्यालयसहित देशभर २१ शाखा छन् । फाइनान्सले ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ । दृष्टि आइ केयर सिस्टमले ७ वटा शाखामार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।

You might also like

Comments are closed.