नेप्सेमा दोहोरो अङ्कको गिरावट

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक ओरालो लाग्ने क्रम आज पनि जारी रह्यो । पछिल्ला दिनमा लगातार नेप्सेमा गिरावट आउँदा बजार पूँजीकरणलगायत अन्य सूचकमा प्रभाव परेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्सेमा आज २३.२२ विन्दुले ओरालो लागेर दुई हजार ४६१.८८ मा ओर्लेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूूचक ४.४७ विन्दुले घटेर ४४५.२१ मा ओर्लेको छ । नेप्सेमा अनुसार कारोवार रकम उल्लेख्य मात्रामा घटेको छ । कूल २१० कम्पनीको एक करोड २४ लाख ८२ हजार ४२८ कित्ता शेयर रु चार अर्ब ७५ करोड २७ लाख आठ हजार १४७ मूल्यमा खरिद बिक्री भए ।

कारोवार भएक कूल १३ उपसमूहमध्ये आज तीन उपसमूहको शेयर उकालो लाग्दा १० उपसमूहको शेयर भने ओरालो लागेको छ । होटल तथा पर्यटन ६८.११, जलविद्यत् ३६.३९ र सामूहिक लगानी कोष ०.०१ विन्दुले उकालो लागेको छ । बैंकिङ २१.७७, व्यापार ४९.८२, विकास बैंक २२, वित्त ४.४३, निर्जीवन बीमा ११४.७, उत्पादन ८८.७४, अन्य २०.४१ लघुवित्त ४७.४६, जीवन बीमा २०१.५६ र लगानी १.३४ विन्दुले घटेको छ ।

कारोरवारका आधारमा आज शिखर इन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ६५ करोड ३५ लाख ४१ हजार ८८७ बराबरको कारोवार भयो । यस्तै माथिल्लो तामाकोशी जलविद्युत् कम्पनी रु २९ करोड ६७ लाख ८७ हजार ७८० र अरुण भ्याली हाइड्रोपावर रु २९ करोड ३२ लाख ६६ हजार ८०६ कारोवार भएको छ । नेपाल पूर्वाधार बैंक रु २५ करोड ४९ लाख ७९ हजार ४९८, नेपाल दूरसञ्चार कम्पनी रु १७ करोड ६५ लाख ८४ हजार ९४६, नेपाल इन्स्योरेन्स कम्पनी रु १२ करोड ४५ लाख २३ लाख ५१४, ग्लोबल आइएमई बैंक रु १० करोड ८९ लाख २३ हजार ४२४, नबिल बैंक रु १० करोड ३९ लाख ५२ हजार १२९ र नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रु नौ करोड ५१ लाख ६९ हजार ७०० बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

कारोवारका आधारमा आज हिमालयन ऊर्जा विकास कम्पनी ९.९७, चन्द्रागिरि हिल्स ९.९२, नेपाल हाइड्रो डेभलपर ९.८८, रैराङ हाइड्रोपावर ९.७८, युनाइटेड फाइनान्स ९.७५, पञ्चकन्या माई हाइड्रोपावर ७.६९, अरुण भ्याली हाइड्रोपावर ७.२५, कालिका पावर कम्पनी ६.४०, घलेम्दी हाइड्रो ४.८० र रिडी हाइड्रोपावरका लगानीकर्ताले ४.४० प्रतिशतले कमाए ।

यस्तै, सपोर्ट माइक्रोफाइनान्स ५.१८, मिथिला लघुवित्त ४.६२, पोखरा फाइनान्स ३.५३, नारायणी डेभलपमेन्ट बैंक ३.२८, ग्लोबल आइएमई बैबंक ३.२५, साधना लघुवित्त ३.१९, मेरो माइक्रोफाइनान्स ३.०२ र युनाइटेड इदी मदी हाइड्रोपावरका लगानीकर्ताले २.५९ प्रतिशतले गुमाए ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.