काठमाडौं । सय जना भन्दा बढी युवाहरु भेष्पा राइडमा सहभागी भएका छन् । भेष्पाको लागि नेपालको आधिकारिक बिक्रेता एम.भी. दुगड ग्रुपले शनिबार भेष्पा शोरुम नक्सालदेखि सिन्धुपाल्चोकको सुकुटे वीचसम्म ‘रिक्रियसन राइड’ आयोजना गरेको थियो ।
राइडमा युवाहरुको आकर्षण देखिएको थियो । ग्राहकलाई एकै ठाउँमा जोडेर आत्मीयता बढाउन राइड सफल भएको प्रा.लि.का उपाध्यक्ष विजय महतोले बताए । ‘ग्राहकबीच अन्तरक्रिया गराउने, भेइकलको परफमेन्स र रिभ्यु गर्ने लक्ष्यसहित राइड आयोजना गरेका हौं,’ उनले भने ।
राइडमा सहभागी ग्राहकहरुलाई विभिन्न समूहमा विभाजन गरी सुकुटे वीचमा विभिन्न मनोरञ्जनात्मक खेलकुद प्रतियोगिता आयोजना गरिएको थियो । राइडमा सहभागी सम्पूर्ण ग्राहकहरु खुसी भएको कम्पनीका मार्केटिङ म्यानेजर करुणा पुडासैनीले जानकारी दिइन् ।
भेष्पा प्रिमियम प्रडक्ट हो । भेष्पा ब्राण्डलाई थप परिचित गराउन पनि राइड सफल भएको महतो बताउँछन् । ‘प्रिमियम प्रडक्टप्रति नेपाली ग्राहकको आकर्षण बढिरहेको छ,’ उनले भने, ‘प्रिमियम प्रडक्ट मन पराउने ग्राहकको पहिलो रोजाई नै भेष्पा हो ।’
कम्पनीले अप्रिलिया ब्राण्डलाई पनि नेपाली बजारमा बिक्री वितरण गर्दै आइरहेको छ । यस अगाडि कम्पनीले अप्रिलियाको राइड पनि आयोजना गरेको थियो ।
कम्पनीले देशभर ३६ वटा थ्रिएस डिलरमार्फत भेष्पा र अप्रिलिया बिक्री वितरण गर्दै आइरहेको पिआर हेड बिमला थापाले जानकारी दिइन् । यही आर्थिक वर्षमा डिलर नेटवर्क विस्तार गरी ५० वटा पुर्याउने कम्पनीको लक्ष्य छ । उत्कृष्ट शैली, उच्च प्रदर्शन र धेरै विशेषताका कारण भेष्पा र अप्रिलिया नेपाली बजारमा लोकप्रीय रहेको थापाले बताइन् ।
Comments are closed.