डा. गोविन्द केसीलाई पक्राउ गर्न आदेश

काठमाडौ, २४ पुस । डा. गोविन्द केसीले अदालतको अवहेलना गरेको भन्दै उनलाई पक्राउ गरी अदालतमा उपस्थित गराउन सर्वोच्चले निर्देशन जारी गरेको छ । डा. केसी सोमबार चार बजेदेखि प्रधानन्यायाधीश गोपाल पराजुलीलाई पदमुक्त गर्नसहित विभिन्न माग राखेर सत्याग्रहमा ओर्लिएका थिए ।

सोमबार दिउँसो नै अदालतका शाखा अधिकृत नेत्रबन्धु पौडेलले गोविन्द केसीले अदालतको अवहेलना गरेको, न्यायाधीश, न्याय व्यवस्थाविरुद्ध अमर्यादित र अपमानजनक शब्द प्रयोग गरेको भन्दै उनीबिरुद्ध दर्ता गरेको निवेदनमा सर्वोच्च अदालतले उनलाई मंगलबार बिहान नै अदालतमा उपस्थित गराउन निर्देशन जारी गरेको छ ।

न्यायाधीश डम्बर बहादुर शाहीको इजलासले डा. केसीलाई पक्राउ गरी अदालतमा उपस्थित गराउन प्रहरी प्रधान कार्यालय र गृह मन्त्रालयका नाममा निर्देशन जारी गरेको छ ।

You might also like

Comments are closed.