एई ग्लोबलको ‘ग्राण्ड अष्ट्रेलियन एजुकेसन फेयर’मा उत्साहजनक सहभागिता

पोखरा, ६ भदौ । पोखराको महन्द्रपुलस्थित मोबाइल टावरमा रहेको एई ग्लोबलद्वारा आयोजित अष्ट्रेलियन एजुकेसन फेयर सम्पन्न भएको छ । पोखराको न्युरोडस्थित सिटी स्क्वायर बैंक्युट हलमा आयोजित ‘ग्राण्ड अष्ट्रेलियन एजुकेसन फेयर’मा विद्यार्थी तथा अभिभावकको उत्साहजनक सहभागिता रहेको एई ग्लोबल पोखराका प्रवन्ध निर्देशक प्रीया थापाले जानकारी दिइन् । फेयरमा ४ सय ३ जना विद्यार्थी सहभागी भएर परामर्श लिएको उनले बताइन् ।

फेयरमा २४ वटा युनिभर्सिटी र कलेजका प्रतिनिधिहरु सहभागी भएका थिए । सहभागी विद्यार्थीलाई अष्टे«लियन शिक्षाका लागि आवश्यक सम्पूर्ण ज्ञान प्रदान गर्न सफल भएको थापाले जानकारी दिइन् । निःशुल्क प्रवेशको व्यवस्था गरिएको फेयरमा केही विद्यार्थीले ‘स्पर्ट एडमिसन अप्लाई’ पनि गरेका छन् । ‘फेयरबाट हामीलाई निकै हौसल्ला मिलेको छ,’ थापाले भनिन्, ‘विद्यार्थीबाट अत्याधिक माया पायौं र एई प्रति विद्यार्थीको विश्वास बढेको पायौं ।’

फेयरमा सहभागी विद्यार्थीलाई विभिन्न क्याटेगोरीमा ३० प्रतिशतसम्म छात्रबृत्ति उपलब्ध गराइएको छ । फेयरमा सहभागी विद्यार्थीलाई प्रिभिलेज कार्ड पनि प्रदान गरिएको छ । भिजा लागिसकेपछि फ्लाइट टिकेटमा छुट लगायतका सेवा प्रिभिलेजन कार्डबाट प्राप्त गर्न सकिने थापाले जानकारी दिइन् ।

lcci
You might also like

Comments are closed.