लघु उद्यमी महासंघ कर्णाली प्रदेश समितिको अध्यक्षमा हरिकला

राष्ट्रिय लघु उद्यमी महासंघ कर्णाली प्रदेश समितिको अध्यक्षतामा हरिकला राना मगर चयन भएकी छिन् । शुक्रबार सम्पन्न साधारणसभाले रानाको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

समितिको उपाध्यक्षमा धनसिंह खत्री, महासचिव गिता सिंह ठकुरी ,सचिव सरिता रावल, कोषाध्यक्ष रितादेवि न्यौपाने चयन भएकी छिन् । सदस्य हरुमा टिकादेवि जैशी, रामवहादुर गुरुङ, पदमवहादुर हिताङ लगायत छन् ।

लघु उद्यमी स्तरउन्नति गर्नका लागि महासंघले काम गर्ने नवनिर्वाचित अध्यक्ष हरिकला रानाले बताइन् । यसै बिच नवनिर्वाचित कार्यसमिति लाइ उद्योग ,पर्यटन वन तथा वातावरण मन्त्रालयले सम्मान गरेको छ ।

सम्मान गर्दे मन्त्री बुढाले कर्णाली प्रदेशमा लघु उद्यम मार्फत स्थानीय स्तरमा खेर गइरहेका स्रोत साधनको प्रयोग गरि स्थानीय स्तरमा रोजगारीका अवसर सिर्जना गर्न महासंघलाइ आग्रह गरे ।

You might also like

Comments are closed.