आज मन्त्रीपरिषद बैठक बस्दै, केके होलान् निर्णय ?

 

काठमाडौं । आज आइतबार दिउसो ४ बजे मन्त्रिपरिषद बैठक बस्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवासमा बैठक बोलाएका हुन् ।

आजको बैठक कोरोना महामारी नियन्त्रणमै केन्द्रित हुने विश्वास गरिएको छ । कोरोना संक्रमण बढेसँगै काठमाडौंसहित देशका विभिन्न स्थानमा निशेधाज्ञा लागु गरिएको छ ।

कोभिड–१९ संकट व्यवस्थापन समिति (सीसीएमसी)ले सिफारिस गरेका सुझावहरुको सन्दर्भमा पनि छलफलसहित मन्त्रिपरिषद बैठकले निर्णय गर्न सक्ने बताइएको छ ।

You might also like

Comments are closed.