आजबाट निशेधाज्ञामा थप कडाई, यस्तो छ व्यवस्था

काठमाडौं । कोरोना संक्रमण बढेपछि सरकारले निशेधाज्ञालाई थप कडा बनाउने भएको छ । आज आइतबारबाट काठमाडौं उपत्यकामा निशेधाज्ञालाई थप कडा बनाउन लागिएको हो ।

काठमाडौं, भक्तपुर र ललितपुरको निशेधाज्ञामा सवारी चल्ने क्रम बढेपछि निशेधाज्ञालाई थप कडाई गर्नुपर्ने निश्कर्षमा प्रशासन पुगेको छ ।

एक चौथाई कर्मचारी मात्रै कार्यालयमा उपस्थित हुने गरी बैंक तथा वित्तीय संस्थाहरु सञ्चालन गर्ने व्यवस्था गर्न शुक्रबार बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले निर्देशन दिइ सकेको छ ।

पत्रकारहरुलाई समाचार संकलनका लागि काठमाडौं भित्र हिडडुल गर्दा सूचना तथा प्रशारण विभागबाट जारी गरिएको रातो पास अनिवार्य गरिएको छ । मजदुरहरुलाई कार्यक्षेत्रमै रहने व्यवस्था गर्न भनिएको छ ।

You might also like

Comments are closed.