मन्त्री ढकाललाई कोभिड–१९ पोजेटिभ

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकाललाई कोभिड–१९ पोजेटिभ देखिएको छ ।

आइतबार गरिएको स्वाब परीक्षणमा मन्त्री ढकलालाई कोभिड पोजेटिभ देखिएको पर्यटनमन्त्रीका प्रेस संयोजक माधवप्रसाद तिवारीले जानकारी दिए ।

jutta mela

मन्त्री ढकालसँगै उनको धर्मपत्नी इन्दिरा फूयाँललाई पनि कोभिड पोजेटिभ देखिएको छ ।

हाल उनीहरू दुबै निवासमै आइसोलेशनमा छन् । स्वास्थ्य अवस्था पनि सामान्य रहेको छ । मन्त्री ढकालकी धर्मपत्नी फूयाँलमा भने सामान्य लक्ष्यण रहेको छ ।

You might also like

Comments are closed.