दृष्टिबिहीन विपन्न परिवारलाई मालिका बचत र नारायणी आयालको सहयोग

काठमाडौं । दृष्टिबिहीन सुशील थापा र सुनिता थापाको परिवारलाई मालिका बचत तथा ऋण सहकारी संस्था र नारायणी आयल रिफाइनरी उद्योग प्रालिको तर्फबाट खाद्यान्न र नगद सहयोग प्रदान गरिएको छ । कोरोना महामारीका कारण जारी निशेधाज्ञामा खाद्यान्न अभाव झेलिरहेका उनीहरुलाई सहयोग गरिएको हो ।

अछाम स्थायी घर भइ हाल भक्तपुरको पुरानो ठिमीमा बसोबास गर्दै आएका उनीहरुलाई घरमै पुगेर सहयोग गरिएको सहकारीका अध्यक्ष जनकबहादुर धामीले जानकारी दिए । १५ हजार रूपैयाँ बराबरको खाद्यान्न र २० हजार रूपैयाँ नगद अध्यक्ष धामीले थापा परिवारलाई हस्तान्तरण गरेका हुन् ।

दृष्टिबिहीन परिवारलाई खाद्यान्न तथा नगद सहयोग गर्न पाउँदा खुसी लागेको अध्यक्ष धामीले बताए । प्राप्त सहयोगबाट केही महिनाका लागि खाद्यान्न पुग्ने बताउँदै थापा दम्पत्तीले खुसी व्यक्त गरे । थापा दम्पत्तीका एक छोरा र छोरी छन् । उनीहरु भने आँखा देख्छन् ।

You might also like

Comments are closed.