करुणा फाउन्डेसनद्वारा भानु नगरपालिकालाई अक्सिजन कन्सन्ट्रेटर प्रदान

 

काठमाडौं । करुणा फाउन्डेसन नेपालले तनहुँको भानु नगरपालिकालाई ५ वटा अक्सिजन कन्सन्ट्रेटर प्रदान गरेको छ । नगरपािलकाका उपमेयर आशा थापालाई अक्सिजन  कन्सन्ट्रेटर हस्तान्तरण गरिएको हो ।

गैरसरकारी संस्था करुणा फाउन्डेसन नेपालले कोरोना महामारीको विषम परिस्थितिलाई मध्यनजर गरी देशका विभिन्न हस्पिटललाई अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको छ ।

फाउण्डेसनले भारत र चीनबाट अक्सिजन कन्सन्ट्रेटर आयात गरी सरकारसँग समन्वय गरी देशका विभिन्न हस्पिटल तथा स्थानीय तहलाई हस्तान्तरण गरिरहेको छ ।

You might also like

Comments are closed.