सिटिजन लाइफको अनलाईन बीमा दाबी सेवा सजिलो, २ दिनमै मृत्यु दाबी रकम हस्तान्तरण

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले केही दिन अघि मात्र “डिजिटल सिटिजन” अभियान अन्तर्गत अनलाईन बीमा दाबी सेवाको शुभारम्भ गरेको थियो । हालको असहज परिस्थिती एवम् आजको आवश्यकतालाई ध्यानमा राख्दै आफ्नो सेवालाई समयानुकूल परिस्कृत गर्दै सहज तथा सर्वसुलभ गराउन थालिएको यस अभियान कम्पनीका सेवाग्र्राहीले निकै रुचाएका छन् ।

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी टीकापुर शाखाबाट बीमा गरेकी, टीकापुर नगरपालिका वडा नम्बर १ ब्लक नम्बर ९ बस्ने शोभा कुमारी बमको हालसालै कोरोनाको कारण टीकापुर अस्पतालमा मृत्यु भएको थियो । बीमितका अभिकर्ताले अनलाईनबाटै दाबी प्रकृया अगाडि बढाएका थिए र सो अनुसारको दाबी रकम दाबीकर्तालाई कम्पनीले दुई कार्य दिनमै प्रदान गरेको छ ।

लकडाउनको समयमा उनका श्रीमान धु्रब खत्रीलाई सिटीजन लाइफ इन्स्योरेन्समा गरेको जीवन वीमाको दाबी फर्छौट भरपाइमा हस्ताक्षर गराउन घरसम्म पुग्नु भएका क्षेत्रीय शाखा प्रमुख केशव राज गिरीले उल्लेखित लाभ रकम १० लाख रुपैयाँ, बोनस रकम ३५ हजार रुपैयाँ तथा काजकृया खर्च बापत ५० हजार रुपैयाँ गरि जम्मा १० लाख ८५ हजार रुपैयाँ रकम दाबीकर्ता धु्रब खत्रीको बैकं खातामा अनलाइन मार्फत जम्मा गरिएको र सोको निस्सा दाबीकर्तालाई हस्तान्तरण गरेको जानकारी दिए । बीमितले एक किस्ता बराबरको७८ हजार ७ सय सन्तानब्बे रुपैयाँ रकम जम्मा गरेका थिए । रकम बिमितको खातामा जम्मा भइसकेको बीमितका श्रीमान धु्रब राज खत्रीले जानकारी दिए ।

jutta mela

कम्पनीले परिवारका सदस्यलाई बीमा वापतको रकम हस्तान्तरण गरे पश्चात सो रकमले परिवारका आश्रित सदस्यहरुको स्तरिय जीवनयापनका साथै सन्ततिको उच्च शिक्षा एवम् अन्य काम गर्न सहयोगी हुने कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेलले उल्लेख गरेका छन् । सानो सानो रकम बचत गरेर परेका बेला जोखिम समेत बहन गर्न सक्ने रहेकाले बीमा सम्बन्धि चेतना बढाउनुपर्नेमा उनले जोड दिए । बीमित, अभिकर्ता लगायत अन्य सरोकारवालाहरुलाई गुणस्तरीय सेवा प्रदान गर्न सदैव प्रतिबद्ध रहेको र सोलाई आगामी दिनमा समेत निरन्तरता दिईने उनले बताए । साथ साथै कोरोना भाइरसले गर्दा निम्तिएको यस विषम परिस्थितीमा सबैलाई सावधान र सुरक्षित रहन सुझाब दिएका छन् ।

You might also like

Comments are closed.