ओली सरकारका २० जना मन्त्री पदमुक्त

काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नियुक्त गरेका २० जना मन्त्री पदमुक्त भएका छन् । जसपाका ११ सहित एमालेका ९ जना मन्त्री पदमुक्त भएका हुन् ।

jutta mela

सर्वोच्च अदालतले मन्त्रिपरिषद् विस्तारको निर्णय तत्काल कार्यान्वयन नगर्न मंगलबार अन्तरिम आदेश दिएसँगै उनीहरु पदमुक्त भएका हुन् ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दायर गरेको रिटमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले उक्त फैसला गरेको हो ।

You might also like

Comments are closed.