महिला उद्यमी तथा समाजसेवी टीका राजनीतिमा सक्रिय

पोखरा । पोखराकी महिला उद्यमी तथा समाजसेवी टीका कुमारी गुरुङ नेपाली काँग्रेसको राजनीतिमा सक्रिय बनेकी छन् । समाज परिवर्तनका लागि राजनीति गर्नुपर्ने आवश्यकता महसुस गरेर आफू काँग्रेस राजनीतिमा सक्रिय बनेको गुरुङले बताइन् ।

यसैक्रममा गुरुङ नेपाली कांग्रेस पार्टीको अन्तर्राष्ट्रिय सम्बन्ध तथा विदेश नीति सम्बन्धी विषयगत समितिको विज्ञमा नियुक्त भएकी छन् । उक्त पदमा नियुक्त हुन पाउँदा निकै खुसी लागेको उनले बताइन् ।

jutta mela

गुरुङ सानै उमेरदेखि व्यवसायमा आबद्ध छन् । पश्चिमाञ्चल अटोमोबाइल्स डिलर्स एसोसिएसनका कार्यसमिति सदस्य, पोखरा चेम्बर अफ कमर्शका कार्यसमिति सदस्य गुरुङ बिगत १० वर्षदेखि अटोमोबाइल व्यवसायमा आबद्ध छन् । हाल उनले नयाँ गार्मेन्ट उद्योग पनि सुरु गरेकी छन् । स्थानीय बजारमा र विदेशसमेत निर्यात गर्ने गरी उनले गार्मेट उद्योग स्थापना गरेकी हुन् । इन्जिन वयल (लुब्रिकेन्ट)को लागि उनले नेपालको लागि आधिकारिक बिक्रेता भएर काम गरिरहेकी छन् ।

You might also like

Comments are closed.