चुँदीखोलाको बाढीले १२ हजार कुखुरा बगायो

दमौली ।

जिल्लाको भानु नगरपालिका–४ मा चुँदीखोलाको बाढीले १२ हजार कुखुरा बगाएको छ ।

सोही ठाउँ बस्ने विनय कायस्थको नेवा कृषि तथा पशु फार्ममा रहेका कुखुरा बाढीले बगाएको हो ।

आठ हजार ब्रोइलर कुखुराको चल्ला, चार हजार लोकल कुखुरा र २१ हजार माछा बगाएको प्रहरीले जनाएको छ ।  (रासस)

You might also like

Comments are closed.