स्याङ्जा । कालीगण्डकी गाउँपालिका र नेपाल विद्युत प्राधिकरणबीच सम्झौता भएको छ ।
यहाँका बासिन्दाको न्यूनतम विद्युत महसुल तिरिदिने निर्णय गरेसंगै गाउँपालिका र विद्युत प्राधिकरणबीच सम्झौता भएको हो । सम्झौता अनुसार गाउँपालिकाले यहाँका चार हजार ५४७ घरधुरीको न्यूनतम विद्युत महसुलबापत रु चार लाख १० हजार उपलब्ध गराएको विद्युत प्राधिकरण स्याङ्जाका प्रमुख दिलिप मरासिनीले जानकारी दिए । वैशाख, जेठ र असार महिनाको प्रत्येक ग्राहकको मासिक रु ३० का दरले पहिलो किस्ता प्राधिकरणमा जम्मा भएको र प्रत्येक ६÷६ महिनामा गाउँपालिकाले प्राधिकरणलाई रकम उपलब्ध गराउने सहमति भएको प्राधिकरणका लेखाप्रमुख विष्णुप्रसाद न्यौपानेले जानकारी दिए ।
गाउँपालिकाले स्थानीवासीलाई विद्युत उपभोग गर्न कुनै समस्या नहोस् भनेर उज्यालो गाउँपालिका अभियानअन्र्तगत न्यूनतम विद्युत महसुल तिरिदिएको गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाले बताए । निःशुल्क विद्युत उपभोग गर्न पाएपछि स्थानीयवासी उत्साहित छन् ।
Comments are closed.