हेलिकोप्टरबाट सिर्दीबास पु¥याइयो चामल

गोरखा । बाढी र पहिराले सडक मार्ग अवरुद्ध भएपछि उत्तरी गोरखामा हेलिकोप्टरमार्फत चामल ढुवानी गरिएको छ । नेपाली सेनाको हेलिकोप्टर मार्फत् बुधबार करिब ८५ क्विन्टल चामल पु¥याइएको चुमनुब्री गाउँपालिका अध्यक्ष धनबहादुर गुरुङले जानकारी दिए । खाद्य तथा व्यापार कम्पनी लिमिटेडका सहुलियतका चामल सिर्दीबास पु¥याएको उनले बताए ।

जेठको अन्तिम सातादेखि नै लगातार परेको अविरल वर्षाका कारण सो गाउँपालिकामा सडक तथा पैदलबाट समेत अवरुद्ध भएपछि चामल ढुवानी गर्न समस्या हुँदै आएको थियो ।

“चामल ढुवानीका लागि अहिले त्यस क्षेत्रमा खच्चडसमेत हिँड्ने बाटो छैन”, उनी भने, “कुनै विकल्प नभएपछि हारगुहार गर्दा गृहले सेनाको हेलिकोप्टर उपलब्ध गराइदिएपछि चामल ढुवानी गर्न सम्भव भएको हो ।” हेलिकोप्टरबाट दुवानी गरिएको चामल खाद्य तथा व्यापार कम्पनी लिमिटेड सिर्दिबास डिपोमा राखिएको उनले बताए ।

लगातारको अविरल वर्षाका कारण आएको बाढीपहिराले सडक, पैदल बाटोसँगै सञ्चार सम्पर्कसमेत बिच्छेद बनेको अध्यक्ष गुरुङले बताए । मौसम सफा भएलगत्तै हेलिकोप्टरबाट थप चामल ढुवानी गरिने उनले जानकारी दिए । लिमिटेडले सिर्दिबास डिपोमा १५० क्विन्टल पु¥याउने योजना रहेको कार्यालयका सूचना अधिकारी शिव सुनारले जानकारी दिए ।

कम्पनीले चालु आवमा तीन हजार ५०० क्विन्टल चामल ढुवानी गनुपर्नेमा अहिलेसम्म दुई हजार क्विन्टल मात्र सिर्दिबास पु¥याएको छ ।

You might also like

Comments are closed.